त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
उक्त कार्यालयले सबैभन्दा धेरै अन्त:शुल्कतर्फ रु २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर रु ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु ३८ करोड २५ लाख ६५ हजार, ब्याज रु छ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा कर रु चार करोड ३० लाख २० हजार, घर बहाल कर रु एक करोड ५३ लाख ४४ हजार सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले कूल रु ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम९रु२६ अर्ब ३१ करोड १२ लाख ७४हजार ९८१ दशमलब ८९ प्रतिशत० राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए ।
कूल लक्ष्यको ९६ प्रतिशत अन्त:शुल्कतर्फ मात्रै राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्त:शुल्क सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए । “अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व सङ्कलनमा समेत केही कमी देखिएको छ”, प्रमुख कर अधिकृत पन्थीले भने ।
लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८र७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन भएकामा गत आर्थिक वर्षमा रु दुई अर्ब २० करोड ७२ हजार राजस्व बढी सङ्कलन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ११:११
काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...
पौष ७ गते, २०८२ - ११:०३
काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...




प्रतिकृया लेख्नुहोस्: