Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

राजनीतिमा आएर हिंसात्मक गतिविधि गर्ने र अदालतमा भएका मुद्दा फिर्ता लिने कानून स्वीकार्य हुँदैन : रवि लामिछाने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु संसदीय अभ्यासमा नयाँ भएकाले प्रक्रियामा केही कमजोरी हुनसक्ने स्वीकारेका छन्। रास्वपा र राप्रपाले नेपाल  ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ पारित गर्नेबेलामा प्रक्रिया नबुझेर सदन अवरोध गरेको टिकाटिप्पणी भइरहेको बेलामा उनले यस्तो बताएका हुन्। 

उनले भनेका छन्, गम्भिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन कयौंले जाना जान बुझ पचाउनु भएको छ। राजनीतिको मुलधारमा आएमा   हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन?

May be an image of text

उनको भनाइ जस्ताको जस्तैः

रास्वपाले संसद किन घेराउ गर्यो ? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल  ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त। यस्तो गम्भिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन।

कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ। त्यसमा बहस अझै गरौला तर  यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मुलधारमा आएमा  हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?  रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा  विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्यो? गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्।

यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथि छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं। 

समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्, नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट  समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्ता? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि। हैट।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: