Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

राजनीतिमा आएर हिंसात्मक गतिविधि गर्ने र अदालतमा भएका मुद्दा फिर्ता लिने कानून स्वीकार्य हुँदैन : रवि लामिछाने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु संसदीय अभ्यासमा नयाँ भएकाले प्रक्रियामा केही कमजोरी हुनसक्ने स्वीकारेका छन्। रास्वपा र राप्रपाले नेपाल  ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ पारित गर्नेबेलामा प्रक्रिया नबुझेर सदन अवरोध गरेको टिकाटिप्पणी भइरहेको बेलामा उनले यस्तो बताएका हुन्। 

उनले भनेका छन्, गम्भिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन कयौंले जाना जान बुझ पचाउनु भएको छ। राजनीतिको मुलधारमा आएमा   हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन?

May be an image of text

उनको भनाइ जस्ताको जस्तैः

रास्वपाले संसद किन घेराउ गर्यो ? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल  ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त। यस्तो गम्भिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन।

कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ। त्यसमा बहस अझै गरौला तर  यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मुलधारमा आएमा  हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?  रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा  विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्यो? गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्।

यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथि छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं। 

समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्, नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट  समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्ता? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि। हैट।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending