काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ । यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।
युएई ए ले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल नायक बने। बलिङमा युएई ए को ६ विकेट लिएका भुर्तेलले बिस्फोटक ब्याटिङ गरे । ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै भुर्तेलले ७१ रनको महत्वपूर्ण योगदान गरे ।
देव खनाल र सन्दीप जोराले समान २४ रन जोड्दा गुल्सन कुमार झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। प्रतिस जिसि ८ र कुशल मल्ल २ रनमा अविजित रहँदा पवन सर्राफ शून्यमा आउट भए ।
श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक/एक विकेट खसाले ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई ए पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपाल र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बी बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...




प्रतिकृया लेख्नुहोस्: