चितवन । नेपाली कांग्रेस चितवनले ४१ औँ बिपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नविकरण अभियान सञ्चालन गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उनले जानकारी दिए । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।
नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए ।
अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तक्र्रिया हुनेछन् । सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उनले जानकारी दिए । पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १ गते, २०८१ - १६:५६
काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । ...
कार्तिक १ गते, २०८१ - १६:४५
सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिए...
कार्तिक १ गते, २०८१ - १६:३८
काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ । लिग–२ अघि नेपा...
कार्तिक १ गते, २०८१ - १६:३१
काठमाडौँ । शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्। बिह...
कार्तिक १ गते, २०८१ - १६:२६
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप...
कार्तिक १ गते, २०८१ - १६:१४
पर्सा। मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुच...
कार्तिक १ गते, २०८१ - १६:०४
काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ । आज कुल ३१६ कम्पनीका एक करोड ८...
कार्तिक १ गते, २०८१ - १५:५५
कोहलपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेको छन् । बिही...
कार्तिक १ गते, २०८१ - १५:३८
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएक...
कार्तिक १ गते, २०८१ - १५:२९
बिहार। भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको ...
प्रतिकृया लेख्नुहोस्: