काठमाडौ । साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।
सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उनले बताए । यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गर्नुभएको कोषले जनाएको छ । यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।
आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । बेलुकीको आरतीमा मुख्यसचिव डा वैकुण्ठ अर्याल सहभागी हुने कार्यक्रम रहेको पनि जनाइएको छ । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ ।
पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।
प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: