चितवन । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो ।
भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई उपलब्ध गराएको थियो । तर बालकुमारी कलेजले उक्त जग्गामा रहेको भवनमा नर्सिङ कक्षा सञ्चालन गर्दै आएको थियो । यसरी आफ्नो जग्गा व्यापारिक लाभका लागि प्रयोग भएको पाइएपछि आफ्नो स्वामित्वमा ल्याएको भरतपुर–३ का वडाध्यक्ष विकास थापाले बताए । उनका अनुसार नगर प्रहरी र सुरक्षाकर्मीसहितको टोलीले आज उक्त जग्गा खाली गराएको हो ।
महानगरले २०५८ सालमा प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई वर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको पाइएको वडाध्यक्ष थापाको भनाइ छ । “उद्देश्यभन्दा फरकरुपमा भवन प्रयोग गरेको पाइएकाले खाली गराएका हौँ”, उनले भने, “पत्राचार गर्दा पनि अटेरी गर्दा बल प्रयोग गरी भवन खाली गरेका हौँ ।”
बालकुमारी कलेजका सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले प्रसूति गृह सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नपाएपछि नर्सिङ कक्षा सञ्चालन गर्न बाध्य भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १६:५३
काठमाडौं । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत...
मंसिर १३ गते, २०८१ - १६:३६
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छन्। बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको...
मंसिर १३ गते, २०८१ - १६:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । रास्वपाका एक जना नेताले भने 'यो...
मंसिर १३ गते, २०८१ - १६:१२
अत्तरिया। कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधब...
मंसिर १३ गते, २०८१ - १५:५५
काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएक...
मंसिर १३ गते, २०८१ - १५:३८
काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई ...
मंसिर १३ गते, २०८१ - १५:११
किएभ । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउँदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेन...
मंसिर १३ गते, २०८१ - १४:५१
बेलायत। रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्की...
मंसिर १३ गते, २०८१ - १४:३४
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएको छन् । बिहीबार काठमाडौँमा आ...
मंसिर १३ गते, २०८१ - १४:१५
काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएको छन् ।...
प्रतिकृया लेख्नुहोस्: