Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा

खबरडबली संवाददाता

रामपुर । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाइनन्।

खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा निकै दु:खसँग दैनिक जीवनयापन गर्न विवश भयन् । अहिले भने यी समस्याबाट मुक्त हुन पाउँदा जीवनकै ठूलो खुसी मिलेको उनी बताउछिन्। रामपुर नगरपालिका–१० स्वामीभन्ज्याङ बस्ने सुनारलाई नगरपालिकाले २२ पाता जस्तापाता उपलब्ध गराएपछि सुखसँग दिन बिताउन पाएको बताइन् । 

“खरको छानो भएको घर पानी पर्ने बित्तिकै चुहिएर बस्नै सकिँदैनथ्यो, हावाहुरी चलेका बेला डाँडाभाटा नै नराखेर उडाएर लैजान्थ्यो”, उनले भनिन्, “रातको समयमा त घरको झ्याल, ढोकामुनि बसेर धेरै रात बिताइयो, अहिले नगरपालिकाले नि:शुल्क जस्तापाता उपलब्ध गराएपछि आनन्दले घरमा बस्न पाइएको छ ।” 

पानी परेका बखत तथा हावा चलेका बेला झ्याल, ढोकामुनि कहिलेकाहीँ छिमेकीका घरमा ओत लाग्दै आएकी सुनारलाई बलियो छानो भएपछि घामपानी, हावाहुरीका समय ढुक्कले बाँस बस्ने ठाउँ बनाउन नगरपालिकाले सहयोग गरेपछि उनी उत्साहित छिन् । जस्तापाता किन्ने पैसा नहुँदा दु:खसँग जीवन गुजारा चलाउँदै आएकी सुनारले पानी आउँदा घरभित्रै मूल फुट्ने, छानो चुहेर बस्नै सकस रहेका बेला स्थानीय सरकारले विपन्नको दु:खमा मलम लगाउने काम गरेको बताइन् । उनलाई नगरपालिकाले चार वर्षअघि दुईतले घर छाउन २२ पाता जस्तापाता उपलब्ध गराएको हो । त्यस समययता  घरमा बसोबासको समस्या नभएको सुनार बताउछिन्।

रामपुर–१० कै रानागाउँ बस्ने विनिता विकले नगरपालिकाको सहयोगमा जस्तापाता लगाएको दुई वर्ष भयो । भूकम्पले भत्किएको घरमा नगर सरकारले राहतस्वरुप तीनतले घर ढाक्ने गरी २४ पाता जस्तापाता उपलब्ध गराएको छ । घरमा जस्तापाता किनेर लगाउन समस्या भएको बेला रामपुर नगर सरकारले गरेको सहयोगमा परिवारमा धेरै खुसी ल्याएको उनी बताउछिन् । “भूकम्पले घर भत्किएपछि बसोबास गर्न समस्या परेका बेला नि:शुल्क जस्तापाता  पाउँदा हाम्रो परिवारमा ठूलो राहत भयो, हामी स्थानीयको दु:खमा सहयोगी भावनाले नगर सरकारले गरेको यस सहयोगले गाउँमा सिंहदरबारको झ–झल्को अनुभूति दिलाएको छ”, उनले भनिन्। 

भूकम्पको पीडा छँदैछ तर घर छाउन जस्तापाता किन्ने पैसा अभावमा नगरको सहयोगमा जस्तापाता पाएपछि पुन:निर्माण गरी ओत लागेर बसेको विकले बताइन् । यस कार्यक्रमले घर छाउन जस्तापाता किन्न नसकेर बसेका गरिब, विपन्न परिवारलाई ओत लाग्ने बलियो आधार स्थानीय सरकारले बनाइदिएको उनको भनाइ छ । 

कमला सुनार र विनिता विकजस्ता रामपुरका धेरैले नगरको सहयोगमा चुहिने छानो र हावाहुरी चलेका बखत घरको छानो उडाउने समस्याबाट मुक्त भएर बलियो ओत लागेर बस्ने वातावरण पाएका छन् । नगर सरकारले एकै प्रकृतिको हरियो रङमा जस्तापाता वितरण गर्ने गरेको छ ।

रामपुर नगरपालिकाले नगरभित्रका खरको छानो रहेका घरधुरी विस्थापित गर्न आर्थिक वर्ष २०७४/७५ देखि ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको हो । नगरभित्रका खरको छानो भएका सात सय १९ घरधुरी सर्वेक्षण गरी काम अगाडि बढाइयो । हालसम्म ६ सय १२ घरधुरीमा खरको छानो हटाएर जस्तापाता लगाउने काम सम्पन्न भएको छ भने एक सय सात घरधुरीमा जस्तापाता लगाउने काम बाँकी रहेको छ । बाँकी घरहरुमा पनि जस्तापाता लगाउने कार्य सकाएर रामपुर नगरलाई खररहितको घर घोषणा गर्ने नगर सरकारको तयारी छ ।

आव २०७४/७५ मा एक सय ५९, आव २०७५/७६ मा एक सय २०, आव २०७६/७७ मा एक सय ६०, आव २०७७/७८ मा ८७, आव २०७८/७९ मा ४०, २०७८/७९ मै विपद्बाट ११ र आव २०७९/८० मा ३५ वटा घरधुरीमा जस्तापाता लगाइएको नगरपालिकाका इन्जिनियर कृष्ण थापाले जानकारी दिए।

कार्यक्रम सुरु भएदेखि हालसम्म खरको छानोरहित घर कार्यक्रमको लागि रामपुर नगरपालिकाबाट रु एक करोड ६७ लाख, प्रदेश सरकारबाट रु ५० लाख गरी खरको छानो हटाएर जस्तापाता लगाउँदा भएको कूल लागत रु दुई करोड १७ लाख बराबरको रकम खर्च भइसकेको छ । पहिलो वर्ष नगरपालिकाले आव २०७४/७५ रु ५० लाख रकम विनियोजन गरेर काम सुरु गरेको हो भने दोस्रो वर्ष आव २०७५(७६ मा नगरपालिकाबाट रु एक करोड र प्रदेश सरकारबाट रु ५० लाख रकम विनियोजन गरी काम गरियो ।

आव २०७६/७७ र आव २०७७/७८ मा अघिल्लो आर्थिक वर्षकै केही रकम बाँकी रहेकाले सोही रकमबाट जस्तापाता वितरण कार्य भयो । आव २०७८/७९ मा नगरपालिकाबाट रु पाँच लाख, आव २०७९/८० मा रु १२ लाख बराबरको रकम विनियोजन गरी काम गरेको नगरपालिकाले जनाएको छ । प्राविधिकले नाप नक्साङ्कन गरेर समितिको सिफारिसमा सिङ्गो घर छाउन पुग्ने जस्तापाता सम्बन्धित घरधनीलाई वितरण गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउछन् । 

उनी भन्छन्, “खरको छानोमुनि बसोबास गरेका परिवार, भइपरि आउने आगलागी, भूकम्पलगायतका विभिन्न विपद्मा परेका नागरिकलाई पनि उनीहरुको अवस्था हेरेर बाँसस्थानका लागि नगर सरकारले घर छाउन पुग्ने गरी जस्तापाता उपलब्ध गराएको छ, यो कार्यक्रम रामपुरमा प्रभावकारी रुपमा अगाडि बढिरहेको छ ।” 

सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहालभित्र विपन्नले जस्तापाता छाउने रकम नहुँदा त्यत्तिकै बस्नुपर्ने बाध्यता थियो । चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छोराछोरीको साथमा जीवन व्यतित गर्दै आएका अभिभावकहरु अहिले ढुक्कले बसोवास गरिरहेका छन् । घरको छानो व्यवस्थित र बलियो बनेपछि हावाहुरी, पानी परेका समय भय, डर हटेको लाभान्वितहरु बताउँछन् । विशेषगरी वर्षायाम सुरु भएपछि खरका छानोमुनि बसोबास गरिरहेका परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो । 

स्थानीयवासीले नगरपालिकामा पेस गरेको निवेदनका आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ–गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण भइरहेको छ । मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप नयाँ संरचना कायम भएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको छ । 

सुरुका बेला नगरपालिका कार्यालयबाटै जस्तापाता वितरण गर्ने गरिएकामा लाभग्राहीको सहजताका लागि नगरपालिकाले तोकेको पसलबाट वितरण गर्ने काम भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधिले सुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् । निर्वाचनका बेला आफूले नागरिकसामु गरेका प्रतिबद्धताहरु पूरा गर्न ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको र यस कार्यक्रमलाई नगरका सबै घर खररहित सम्पन्न नहुँदासम्म हरेकवर्ष निरन्तर रुपमा वजेट विनियोजन गरी अगाडि बढाउँदै लैजाने नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

“सामान्य जस्तापाता किन्ने पैसा नभएर नागरिकले चुहिएको खरको छानोमुनि बसेर जीवन बिताउन बाध्य छन्”, नगर प्रमुख थापाले भने, “उनीहरुलाई घर छाउन नगर सरकारले आवश्यकताको आधारमा आफू निर्वाचित भएर आएदेखि नै ‘रामपुर नगर खरको छानोरहित घर’ सुरु गरेको कार्यक्रमबाट विपन्न, गरिब परिवारका नागरिकले पानी पर्दा, हावाहुरी चल्दा आनन्दले बसोवास गरिरहेका छन्” ।

रामपुर नगरपालिकामा उनको हाल नगर प्रमुख पद दोस्रो कार्यकाल हो । आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरी कामहरु अगाडि बढाएको नगर प्रमुख थापाले बताए । सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइरहेको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending