कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो किराले क्षति पुर्याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो किराको प्रकोप देखिएको हो ।
कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो किराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्याएपछि नि:शुल्क विषादी वितरण गरिरहेका छौँ”, उनले भने, “झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।”
अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पुर्याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिए । “पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गोबारोको प्रकोप देखिएको हो”, उनले भने, “हामीले सबै वडामा पुगेर नमूना परीक्षण गरिरहेका छौँ ।”
यस्तै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रमा पनि गबारो कीराको प्रकोप देखिएको छ । शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक करनसिंह बुढाऐरले पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो किराको प्रकोप देखिएको बताए । “गबारो कीरा देखियो भनेर किसान आउने क्रम बढेको छ”, उनले भने, “सुक्खा क्षेत्रमा धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण देखिएको छ ।”
धान रोपेको महिना दिनमै गबारोको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको जानकारी दिए । “शुक्लाफाँटा र कृष्णपुरमा धानबालीमा गबारोको प्रकोप देखिएको छ”, उनले भने, “जिल्लाका अन्य क्षेत्रमा यसको प्रकोप देखिएको छैन ।”
कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी सिंहले बताउनुभयो । यहाँ आर्थिक वर्ष २०७७-७८ मा एक लाख ८९ हजार मेट्रिक टन तथा आव २०७८-७९ मा एक लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९-८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: