Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रहरीकाे ज्यादती विरूद्ध बारामा मशाल जुलुस

खबरडबली संवाददाता

बारा । नेपाल प्रहरी विरूद्ध बारामा मशाल जुलुस निकालिएको छ । सदरमुकाम कलैयामा मंगलवार साझ प्रदर्शनकारीहरूले मशाल जुलुस निकालेका हुन् ।

नेपाली कांग्रेसको उपसभापति मनोज भट्टको नेतृत्वमा हजारौको संख्यामा प्रहरी विरूद्ध मशाल जुलुस निकालिएको हो । मशाल जुलुसमा सहभागीहरूले प्रहरी मुर्दावाद, प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन गर जस्ता नारा लगाएका थिए ।

कलैया बघवन सडकखण्डमा तीन साताअघि पिकअप भ्यान र मोटरसाइकल दुर्घटनामा परि महागढीमाई नगरपालिका-७ बेनौली निवासी २० वर्षीय सुनिल यादवलाई चोटपटक लागि अस्पताल भर्ना भएका थिए ।

सोही घटनाको विषय लिएर पीडकबाट उपचार खर्च दिलाउने विषयमा गत बुधवार साझ नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र एकीकृत समाजवादीका सह सचिव धुर्व यादव जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

छलफलकै क्रममा प्रहरीसित भनाभन परेपछि प्रहरीले कार्यालयको ढोका बन्द गरेर दुवैलाई निर्घात कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको सचिव यादव अस्पतालमा उपचार्थ थिए ।

उपचारमा संलग्न डाक्टरको टिमले ढाडको स्पाईनको डिस्क नै ब्रेक भएकोले सोको अपरेसन गर्नु पर्ने बताएका थिए । अवस्था झन झन बिग्रिदै जादा यादवलाई सोमवार भारतको दिल्ली स्थित मेदन्ता हस्पिटलमा स्पाईनको अपरेशन गर्नको लागि लगिएको परिवारजनले बताएका छन् ।

मशाल जुलुसमा नेपाली कांग्रेसका उप सभापति मनोज भट्ट, सचिव राजेश रौनियार, युवा नेता प्रिङका दास, साजन गुप्ता, सागर पटेल, निजामुद्दीन असारी, नेकपा एसका सचिव विक्रम ठाकुर, सहसचिव ध्रुव यादव, नगर अध्यक्ष अरूण खनाल, संविधान सभा सदस्य प्रमोद गुप्ता, जसपाका रामबाबु यादव, कमलेश मण्डल, सुजित पाण्डेय, जनमत पार्टीका शिवनाथ पटेल, गोपाल दास लगायत सर्वदलीय प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy