काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब १ सय किलो सुन बरामद हुँदा सुनसँग कनेक्सन देखिएका हर्कराज राई बुढानिलकण्ठमा थिए । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय राई केही समयदेखि बुढानिलकण्ठमा बस्दै आएका छन् ।
साउन ३ मा मध्यराति राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले उनलाई बुढानिलकण्ठस्थित चपलीबाट नियन्त्रणमा लियो । राजस्वले उनलाई पुल्चोकस्थित विभागको कार्यालयमा ल्याउँदै गर्दा हर्कराजको फोन लगातार बजिरह्यो । फोन गर्नेको नाम थियो–‘थाप्तेन ।’
थाप्तेन छिरिङ भारतस्थित पुरानो दिल्ली घर भएर काठमाडौंको पानी पोखरीमा बस्दै आएका छन् । त्यसपछि पोल खुल्यो, तिब्बत मुलका ५३ वर्षीय थाप्तेन पनि करिब ८० देखि १०० किलो सुन तस्करीमा संलग्न रहेका छन् भनेर ।
राजस्वका अधिकारीहरुले हर्कराजलाई ‘थाप्तेनलाई बोलाउदबाव दिए । थाप्तेन छिरिङलाई पनि राजस्वको टिमले त्यसैरात पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
साउन ४ मा राजस्व अनुसन्धान विभागले छिरिङ बस्ने पानी पोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरेको छ । थाप्तेन बस्ने फ्ल्याटबाट सुनसँग सम्बन्धित महत्वपूर्ण कागजात बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका एकजना अधिकृतले बताए ।
सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जिक्वाङ लिनसहित १६ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
आश्विन ३ गते, २०८१ - १६:०३
काठमाडौं । संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...
आश्विन ३ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...
आश्विन ३ गते, २०८१ - १५:५८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...
आश्विन ३ गते, २०८१ - १५:५३
काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...
आश्विन ३ गते, २०८१ - १५:४९
बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...
आश्विन ३ गते, २०८१ - १५:४५
मुगु । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्या...
आश्विन ३ गते, २०८१ - १५:२५
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
प्रतिकृया लेख्नुहोस्: