Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एमालेलाई गृहमन्त्रीको कडा जवाफ- मेरो राजीनामा आउँदैन, भ्रष्टाचार र तस्करी नगरेको भए मजाले निदाउनू

'तस्करी, भ्रष्टाचार र विकृतिको डंगुर थुपार्न मलाई हटाउन खोज्दैछन्'

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले माग्दैमा आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । एमालेले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरिरहेको बेलामा उनले आफू राजीनामा नदिने प्रष्ट पारे। 

महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करी, भ्रष्टाचार र विकृतिको डंगुर थुपार्न आफूलाई हटाउन खोजेको आरोप लगाए ।

उनले भने, 'अहिलेको सरकारले एक सूत्रीय कार्यक्रम बनाएको छ सुशासन, समृद्धि र सामाजिक न्याय । तपाईंहरुले अहिले देख्नुभएको छ, भ्रष्टाचार र बेथितिविरुद्ध ठूल्ठूला अभियानहरु सञ्चालन गरिरहेका छौं । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसहित सबै प्रकरणको स्वतन्त्र र स्वच्छ अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गर्ने पहलकदमी अगाडि बढाएका छौं । यस्ता कदमले विश्राम लिनेवाला छैन । अब पुग्यो भनेर सरकार बस्दैन ।'

कसैले अब सरकार चुप बस्छ भन्ने आशा गरेको भए त्यो सत्य नहुने बताए। 

उनले भने, 'भ्रष्टाचारी, कमिसनखोर, तस्करी र अपराधीहरुको विरुद्ध हामी अन्तिम विन्दूसम्म अगाडि बढ्छौं । तपाईंहरुले देख्नुभएको छ, जसले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान चलाउँछ, उसले पद छाड्दिनुप¥यो भनेर कोही कोही कराइरहेका छन् । ठान्नुभएको होला छाड्दिएदेखि त अब अरु तस्करी, भ्रष्टाचारी, बेथिति र विकृतिको डंगुर फेरि लगाउन पाइथ्यो । अहिलको छानबिनको प्रक्रिया रोकिन्थ्यो ठानेर कसैले भन्नुभएको छ भने म निवेदन गर्छु, त्यो दिन आउनेवाला छैन । हामी छाड्नेवाला छैनौं ।'

एमालेलाई लक्षित गर्दै सजिलो बनाउन आफूले थालेको अभियान नछाड्ने जिकिर गरे।

उनले थपे, 'हामी लतिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन तस्करबारे पनि छानबिन अन्तिमसम्म पुर्‍याउँछौं । अनियमितता र कानूनको उल्लंघन भएको ठाउँमा कानूनको दायरामा ल्याउँछौं । एकचोटी धम्काएपछि पछाडि जान्छ भन्ने कसैले नसोचे हुन्छ । हामी विचलित हुनेवाला छैनौं । जनता हाम्रो साथमा छन् । यो देशको मुहार फेराउन अगाडि बढाउने संकल्प हाम्रो साथमा छ ।'

सरकारको ठूलो अभियान चलिरहेको बेलामा जनताको साथ भएपनि निजी स्वार्थमा मात्रै अस्तित्व देख्नेहरुले जनताको समर्थन र सत्यलाई देख्न सकेका आरोप लगाए 

उनले भने, 'म अहिले नै भन्छु, तपाईंहरु सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे । मेरो के दोष भयो त ? गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने पनि सुत्ने ठाउँ छ । तपाईंहरुलाई आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने आउनुस् प्रहरीमा आत्मसमर्पण गर्नुस् । हामी मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौं । अब छाड्नेवाला छैन ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: