काठमाडौं । सिंगापुरमा २० वर्षमा पहिलो पटक महिलालाई फाँसी दिइएको छ। ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सारिदेवी जमानीलाई शुक्रबार फाँसी दिइएको हो।
सन् २०१८ मा उनीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । अर्का लागुऔषध कारोबारी मोहम्मद अजीज बिल हुसैनलाई पनि फाँसी दिइएको थियो । ५० ग्राम हिरोइन तस्करीको अभियोगमा हुसैनलाई फाँसी दिइएको हो । मृत्युदण्ड पाउने दुवै सिंगापुरका नागरिक हुन् ।
२०२२ यता सिंगापुरमा १५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ । टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ । सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ ।
विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागुऔषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको बेला सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ।
एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: