एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई नि:शर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का सदस्य राष्ट्रको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उनको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको छ ।
असंवैधानिक ढङ्गले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतङ्ककारी गतिविधिमा वृद्धिका साथै बिग्रको सामाजिक आर्थिक अवस्थाप्रति बैठकले चिन्ता व्यक्त गरेको छ । बैठकले संवैधानिक व्यवस्थाको पुनर्स्थापनामा जोड दिँदै अफ्रिकी देशको आर्थिक समुदाय, अफ्रिकी सङ्घ र संयुक्त राष्ट्रसङ्घ द्वारा गरिएका प्रयासप्रति समर्थन जनाएको छ । परिषद्का सदस्य राष्ट्रले नाइजरका जनताप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको सुरक्षा र समृद्धिको कामना गरेका छन् ।
नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।
यसैबीच, फ्रान्सेली विदेशमन्त्रीले सैनिक घेरामा राष्ट्रपति निवासमा रहेका राष्ट्रपति बाजुमसँग राष्ट्रपति इम्यानुएल म्याक्रोँले टेलिफोन वार्ता गरेको जानकारी दिँदै बन्दी बनाइएका राष्ट्रपति स्वस्थ रहेको बताएका छन् । “नाइजरक राष्ट्रपतिसँग सम्पर्क कायम गर्न सकिन्छ, उहाँ अगम्य हुनुहुन्न,” उनले भनेका छन् ।
अफ्रिकी तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।
सैनिक घेरामा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका बताएका हुन् । उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता पनि व्यक्त गरेका हुन् ।
नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् ।ण्
भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...
पौष २ गते, २०८२ - १४:३९
मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...
पौष २ गते, २०८२ - १४:१०
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...




प्रतिकृया लेख्नुहोस्: