Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पनौती-नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

खबरडबली संवाददाता

काभ्रे । विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । 

काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताए। 

उनका अनुसार सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । 

शान्ति पदयात्राबारे आयोजित जिल्लास्तरीय अन्तक्र्रियामा पनौती र नमोबुद्धको पहिचानलाई थप उच्च बनाउन शान्तिका प्रतीक गौतम बुद्धको पहिलो जन्मस्थलमा विश्व शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएका हुन् । यस्तै स्थानीय सरकार, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नागरिकले उक्त पदयात्रामा सहकार्य तथा सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

काभ्रेमा जन्मिएर अन्यत्र पेसा–व्यवसाय गरेकालाई जिल्लासँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, धार्मिक सर्किटका रूपमा विकास, पनौती–नमोबुद्ध ट्रेकिङ रुट निर्माणका लागि पहल गर्न शान्ति पदयात्राको आयोजना गरिएको समिति प्रमुख दीपक गौतमले बताए । 

उनले जिल्लाका १३ वटै स्थानीय तहमा रहेका महत्त्वपूर्ण स्थलको प्रचार–प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्रा आयोजना गरिनेसमेत जानकारी दिए । पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शङ्खुबाट ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध पुग्नेछ । 

नौ दशमलव आठ किमी दूरीको पदयात्रा साढे तीन घन्टामा पार गरिने जनाइएको छ । नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ । 

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । साथै पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खलाहरू देख्न सकिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending