काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ ।
दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।
दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दाबी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ ।
विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभागस्रोतले जानकारी दिएको छ ।
दावाले प्रयोग गरेका सबै मोबाइलको कल डिटेल्स लिने काम गरिएको र सो आधारमा अन्य संकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ । यस्तै, दावाले प्रयोग गर्दै आएका सबै इलेक्ट्रिक डिभाइसहरू प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।
विभागका अनुसार दावासहित पक्राउ परेका १८ जनाकै कलडिटेल्स लिने काम सम्पन्न भइसकेको छ । दावासहितका १८ जनासँग विभिन्न समयमा फोन सम्पर्क गर्ने दर्जनांै व्यक्तिहरू विभागको उच्च निगरानीमा परेका छन् ।
यसरी निगरानीमा पर्नेमा केही राजनीतिक व्यक्तिहरू र व्यापापारिक घरानाहरू रहेको विभाग स्रोतले जानकारी दिएको छ । ‘१८ जनाकै कलडिटेल्स प्राप्त भइसकेको छ त्यसका आधारमा उनीहरूसँग कुराकानी गर्ने र सम्पर्क बढाउने व्यक्तिहरूलाई निगरानीमा राखेर थप छानबिन अघि बढाइरहेका छौं,’ विभागका सूचना अधिकारी नवराज अधिकारीले भने । योे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: