काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर भएको बताएका छन् । बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।
यस्तै, सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको र छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि कसैलाई नजोगाउने उनकाे भनाइ छ । सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ । पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिए पछि उनकाे याे भनाइ आएकाे हाे ।
माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ । तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन् । यद्यपि, सरकारले छानबिन गरिरहेको छ ।
प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ । बुधवारको बैठकमा १८ जना बोलेका थिए ।
नेताहरूले पार्टी पार्टी शुद्धीकरण तथा सुदृढीकरण गर्दै वामपन्थी एकतामा जोड दिएका थिए । भने सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा छानबिनको सुइ जहाँसम्म गए पनि छाड्न नहुने र नेताहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: