लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत आयोजनाको काम बेसीशहरवासीको अवरोधका कारण निर्माण कार्य बन्द भएको छ । आयोजना निर्माणको काममा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सञ्चालनमा ल्याउनुपर्ने मागसहित अति प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डे र बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।
उक्त पत्रमा जलविद्युत आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आयोजना निर्माण हुने विषयमा सहमति रहेको विषय उल्लेख गरिएको छ ।
‘‘मुलुकसँगै जिल्लाको आर्थिक र समृद्धिको आधार स्तम्भ जलविद्युत आयोजना हो, यो अवरुद्ध हुनु गम्भीर विषय हो । जलविद्युत कम्पनीले अति प्रभावित क्षेत्रका बासिन्दाको माग र मुद्दालाई सम्बोधन गरी आयोजना सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो विषयमा हामी सहमत छौं । आयोजनाको काम सञ्चालन गर्न जिल्ला प्रशासन मार्फत तदारुकता जनाइदिन अनुरोध गर्दछौं ।’’ पत्रमा भनिएको छ ।
अतिप्रभावित क्षेत्रका इन्द्र घलेले आयोजना निर्वाध रुपमा सुचारु हुन दिन स्थानीय सबै एकमत रहेको बताए । सोही क्षेत्रका बलबहादुर भण्डारीले भने, “मर्स्याङ्दी, ङादी, खुदीमा बनेका आयोजनाका ट्रान्समिसन लाइन हाम्रो गाउँ हुँदै आउँदा हामीले विरोध गरेनौं । हामी पीडित भएरपनि विकासलाई अवरोध गरेनौं । तर, अहिले हाम्रो ठाउँमा जलविद्युत निर्माण भएर गाउँको विकास हुन्छ कि भन्ने बेला अबरोध गरेको चित्त बुझेको छैन् । आयोजना बन्न दिन राज्यले सघाउनुपर्छ ।”
स्थानीय अगुवा भरतराज घलेले पनि आयोजना सुचारु गर्न प्रशासनले सहजीकरण गर्नुपर्ने बताए । जलविद्युत आयोजना निर्माण कार्य सुचारु गर्ने जिल्ला प्रशासनको कदमप्रति अति प्रभावित क्षेत्रका बासिन्दा साथमा रहने उहाँले बताउनुभयो ।
बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा आयोजनाको जलाशय र बेसीशहर नगरपालिका–१०, सालडाँडामा विद्युत गृह रहने गरी ५० मेगावाटको आयोजना निर्माण गर्न लागिएको हो । २०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात २०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।
बेंसीसहरवासीले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य हाल स्थगित रहेको छ । आयोजना निर्माणको विरोधमा गठित ‘मर्स्याङ्दी बचाऔं’ संघर्ष समितिको अगुवाइमा आयोजनाको स्काभेटर, ट्याक्टरलगायतका सामानको चावी खोस्नुको साथै सम्पर्क कार्यालयमा ताला लगाइएको छ ।
एक महिना यता आयोजनाको काममा अवरोध भए पनि प्रशासनले सहजीकरणका लागि कुनै अगुवाइ गरेको छैन । दुबैपक्षको ध्यानआकर्षण पत्र बुझ्ने बाहेक प्रशासनले कुनै पहलकदमी नलिएको सरोकारवालाहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...
पौष ५ गते, २०८२ - १२:१७
बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...
पौष ५ गते, २०८२ - १२:०८
लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...
पौष ५ गते, २०८२ - ११:५८
सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...




प्रतिकृया लेख्नुहोस्: