Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

पकिस्तानी सेना चुनावसँग तर्सिएको छ : इमरान खान

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले 'बीबीसी हार्ड टक'लाई दिएको अन्तर्वार्तामा आफ्नो देशको सेना यसै वर्षको अन्त्यमा हुने निर्वाचनसँग "भयभीत भएको" बताएका छन्।

उनले "फासीवादीहरूले देशलाई अँध्यारो युगतर्फ" धकेलिरहेको बताए। सन् २०१८ मा प्रधानमन्त्री बनेका खानले चार वर्षभन्दा कम समय शासन गरेका थिए। गत वर्ष संसद् प्रस्तुत अविश्वासको प्रस्तावमा बहुमत सिद्ध गर्न नसकेपछि उनको बहिर्गमन भएको थियो।

पर्यवेक्षकहरूले देशको शक्तिशाली सेनाको समर्थन गुमाउनु उनको सत्ता ढल्नुको प्रमुख कारण रहेको बताउने गरेका छन्। पाकिस्तानको सत्तामा दशकौँदेखो देशको सेनाको दह्रो पकड रहेको छ।

खानले उनको पाकिस्तान तारिक-इ-इन्साफ (पीटीआई) दल "सैन्य तानाशाहहरूले गठन नगरेको एकमात्र दल" भएको बताउने गरेका छन्। त्यही भएर आफ्नो दललाई विघटन गराउने अभियान चलिरहेको आरोप उनले लगाएका छन्।

तर धेरै आलोचकहरूले सत्तामा आउने क्रममा उनले सेनाको समर्थन प्राप्त गरेको टिप्पणी गर्ने गरेका छन्। पछिल्ला महिनाहरूमा उक्त दल छाड्नेहरूको सङ्ख्या उल्लेख्य देखिएको छ भने कैयौँ प्रभावशाली सदस्यहरू पक्राउ परेका छन्।

तर खानले आफ्नो दल एकताबद्ध रहेको दाबी गरेका छन्। बीबीसीका स्टीभन साकरसँगको अन्तर्वार्तामा उनले भने, “संस्थापन खुल्लमखुल्ला हामीविरुद्ध गइरहँदा, हामीलाई विघटन गर्ने प्रयास गरिरहँदा र हामी सरकारबाट बाहिर भएको अवस्थामा कसरी हामीले उपनिर्वाचनमा ३७ मध्ये ३० निर्वाचन क्षेत्रमा जित्यौँ?”

उनले सत्ताबाट हटाइएपछि आफ्नो दल कमजोर हुने अपेक्षा संस्थापन पक्षले गरेको बताए। “सामान्यतया केही समय तपाईँ सत्ताबाट बाहिर हुनुभयो भने यस्तो हुन्छ। तर के भयो भने हाम्रो दलको लोकप्रियता बढिरह्यो।”

“उनीहरूले सबै प्रयास गरेका छन्। उनीहरूले १०,००० मानिसलाई जेल हालेका छन् जसमा महिला र शान्तिपूर्वक प्रदर्शन गर्नेहरू पनि छन्। अनि सबैभन्दा खराब कुरा के भने उनीहरूले यातना दिएका छन्,” खानले भने। उनका अनुसार विपक्षीहरूले दाबी गरेको जस्तै यदि उनको "समाप्त भएको भए" सरकारले चुनावको मिति घोषणा गरिसक्थ्यो।

खानका समर्थकहरूले उनलाई "भ्रष्टाचारबाट मुक्त एक राजनीतिक बाहिरिया" का रूपमा लिने गर्छन्। उनीहरूले सेनाले खानबाट पदबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाउने गरेका छन्। तर सेनाले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE