Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एक वर्षमा तीन अर्ब बढीको कपाल स्याहार्ने सामग्री आयात, गाजल र लिपस्टिकमा ५५ करोड बाहिरियो

खबरडबली संवाददाता

काठमाडौँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि बिदेसिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । 

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै रु पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ ।  त्यस्तै फेसक्रिम आयतमा रु ७८ करोड पाँच लाख ८१ हजार बिदेसिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९र८० मा रु ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले रु २३  करोड चार लाख ८३ हजार राजस्व संकलन गरेको छ । 

एक करोडको सिन्दूर आयात 

विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दूरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा रु एक करोड पाँच लाख ६५ हजारको सिन्दूर आयात भएको छ । गत आवमा सिन्दूर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात 

विभागका अनुसार गत आवमा रु तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो । 

गत आवमा रु ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ  भने रु ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै रु सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ । 

त्यस्तै कण्डिस्नर आयातमा रु १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा रु ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा रु ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम बिदेसिएको छ ।

आँखा र ओठ शृङ्गारमा रु ५५ करोड 

विभागका अनुसार गत आवमा ओठ र आँखा श्रृंगारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा रु ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै रु १९ करोड ४० लाख ८० खर्च भएको छ । त्यस्तै अन्य श्रृंगारका सामग्री आयातमा रु तीन अर्ब १३ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ । 

१६ करोडको टुथपेस्ट

 त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा रु ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट ९मञ्जन० आयात भएको छ । यस्तै, रु ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ । 

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो 

विवरण अनुसार गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गत आवमा रु ५७ करोड ७६ लाख ९८ हजारको वलपेन आयात भएको छ । त्यस्तै रु १४ करोड ३८ लाख भन्दा बढीको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गत आवमा रु ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गत आवमा रु एक करोड ७२ लाकको पेनका निव, रु तीन करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ । 

पकेट लाइटर आयातमा रु ५२ करोड खर्च

गत आवमा रु ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा रु ४६ करोड ७२ लाख १५ हजारको पुन: ग्यास भर्न नमिल्ने, रु एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर रु ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ । 

रु ६८ लाखको सेल्फी स्टिक आयात 

विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी ९सेल्फी स्टिक० को आयातमा रु ६८ लाख ४४ हजार खर्च भएको छ भने रु दुई करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: