Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एक वर्षमा तीन अर्ब बढीको कपाल स्याहार्ने सामग्री आयात, गाजल र लिपस्टिकमा ५५ करोड बाहिरियो

खबरडबली संवाददाता

काठमाडौँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि बिदेसिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । 

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै रु पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ ।  त्यस्तै फेसक्रिम आयतमा रु ७८ करोड पाँच लाख ८१ हजार बिदेसिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९र८० मा रु ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले रु २३  करोड चार लाख ८३ हजार राजस्व संकलन गरेको छ । 

एक करोडको सिन्दूर आयात 

विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दूरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा रु एक करोड पाँच लाख ६५ हजारको सिन्दूर आयात भएको छ । गत आवमा सिन्दूर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात 

विभागका अनुसार गत आवमा रु तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो । 

गत आवमा रु ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ  भने रु ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै रु सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ । 

त्यस्तै कण्डिस्नर आयातमा रु १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा रु ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा रु ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम बिदेसिएको छ ।

आँखा र ओठ शृङ्गारमा रु ५५ करोड 

विभागका अनुसार गत आवमा ओठ र आँखा श्रृंगारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा रु ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै रु १९ करोड ४० लाख ८० खर्च भएको छ । त्यस्तै अन्य श्रृंगारका सामग्री आयातमा रु तीन अर्ब १३ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ । 

१६ करोडको टुथपेस्ट

 त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा रु ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट ९मञ्जन० आयात भएको छ । यस्तै, रु ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ । 

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो 

विवरण अनुसार गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गत आवमा रु ५७ करोड ७६ लाख ९८ हजारको वलपेन आयात भएको छ । त्यस्तै रु १४ करोड ३८ लाख भन्दा बढीको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गत आवमा रु ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गत आवमा रु एक करोड ७२ लाकको पेनका निव, रु तीन करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ । 

पकेट लाइटर आयातमा रु ५२ करोड खर्च

गत आवमा रु ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा रु ४६ करोड ७२ लाख १५ हजारको पुन: ग्यास भर्न नमिल्ने, रु एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर रु ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ । 

रु ६८ लाखको सेल्फी स्टिक आयात 

विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी ९सेल्फी स्टिक० को आयातमा रु ६८ लाख ४४ हजार खर्च भएको छ भने रु दुई करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending