Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

कञ्चनपुरको शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

खबरडबली संवाददाता

बेदकोट । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनसो छ ।

“विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीयवासी महेन्द्र बोहरा भन्छन्, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ ।

लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र  आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीको रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीयवासी कपिल जोशी भन्छन्, “यो नगर  विदेशमा समेत परिचित  छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।”
लिङ्गेश्वर क्षेत्रमा केहीवर्ष अघि निर्माण गरिएको मन्दिर, मूर्ति पर्यटकका लागि तस्बिर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ समेत बाढीले भत्काएको छ । “नदीले कटान गरेर लिङ्गेश्वर क्षेत्र जोखिममा छ, केहीवर्ष अघि निर्माण गरिएको मन्दिर बगाएको छ”, बेदकोट नगरपालिका–४ का गणेशदत्त भट्टको गुनासो छ  ।

बलियो तटबन्ध निर्माण गरेर यस धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गरिनुपर्नेमा उनी जोड दिन्छन् । आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी बजारबाट करिब आठ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको लिङ्गेश्वर धामको मनमोहक दृष्यले हरेकको ध्यान तान्ने गरेको छ । 

चारैतिर हरियाली र शान्त वातावरण रहेको र करिब पाँच सय मिटर फराकिलो  लिङ्गेश्वरको दृष्य मनमोहक छ । यस क्षेत्रको प्रचारप्रसार भएसँगै अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ । लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लामि...

बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिको शपथ ग्रहण

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सोमबार प्रदेशसभा ...

भिजिट भिसामा ओमान पुर्‍याई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । काठमाडौं, वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा  रूपन्देही रोहिणी गाउँपालिका...

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा। सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा। हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्...

गृहमन्त्री लामिछानमाथी कारबाहीको माग गर्दै कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभाका सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्। उपसभापत...

बहुप्रकोपीय जोखिम : पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौँ । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका  लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिए...

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि ब...

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्-भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा। भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्त...

प्रचण्डलाई कांग्रेसको प्रतिप्रश्न : कांग्रेसले तपाईंलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने ...

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies