Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अविरल वर्षा हुँदा डुबानको त्रासमा रातभर जाग्राम, जङ्गे सीमास्तम्भ बग्यो

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी वर्षा भइरहँदा नजिकैको मोहना नदीले निम्त्याउन सक्ने डुबान र कटानको जोखिमको त्रासमा रातभर जाग्राम बस्छन् ।

सममा मोहनामा बाढी उर्लिएर आउँदा निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि गाउँवासीलाई निरन्तर सूचना दिनुपर्छ, गए राति १० बजेदेखि आफू नसुतेरै नदीको बहाव मापन गर्दै रात काटियो ।” उनी मोहना नदीको बहाव मापन गर्ने जिम्मेवारी (गेज रिडर)का रूपमा काम गर्दै आएका छन् । राति चेतावनी तहमा पुगेको मोहनाको बाढीको बहाव आज मध्याह्नदेखि घट्दै गएको उनले बताए ।

सोही गाउँका सुरेश चौधरीले वर्षा नभए किसानलाई खेती गर्न समस्या, बढी वर्षा भए डुबान कटानको समस्याले नदी तटीय क्षेत्रका बासिन्दाले हैरानी खेप्नुपरेको बताए । उनले भने, “बढी वर्षा हुँदा डुबान कटानको त्रास, वर्षा नहुँदा पानीको अभावमा खेतीपाती बिग्रिने पिर ।”  

वर्षायाममा जिल्लाको होचो भूभागको बस्तीका घरपरिवारका सदस्य राति नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको अनुभव छ । वर्षाका कारण हुनसक्ने डुबान एवं कटानको त्रासका कारण नदी तटीय क्षेत्र नजिकको होचो भूभागको बस्तीका धेरै परिवार रातमा जाग्राम बसेरै बिताउने गर्छन् ।

बिसनपुरका गाउँका मानबहादुरसहितका परिवार नजिकैको मोहना नदीको बाढीको त्रासमा रातमा निदाउँदैनन् । उत्तरबाट दक्षिणतर्फ बग्ने नदीको सतहमा बालुवा, माटो, ढुङ्गा थुपिँदा यसको सतह पनि बढेको छ । जसका कारण सामान्य वर्षा हुँदा पनि नदीको बाढी गाउँबस्तीमा पुगेर क्षति हुने गरेको छ ।

उनीहरूका अनुसार तीन चार दशक पहिले बस्तीमा बितण्डा मच्चाउने गरी नदीमा एक्कासि यस्तो बाढी आउँथेन । पछिल्ला वर्षमा नदीमा एक्कासि बाढी आउने समस्या बढ्दै जाँदा डुबान र कटानको जोखिम बढ्दै गएको छ । 

वर्षासँगै जिल्लाका विभिन्न नदीको बाढी बस्तीमा पसेपछि भजनी, गोदावरी, घोडाघोडी, जोशीपुर र कैलारी क्षेत्रमा गरी झण्डै चार सय ६३ घर र एक पसलमा पानी पसेर क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । 

जिल्लाका विभिन्न ठाउँमा डुबानबाट बिचल्लीमा परेका व्यक्तिको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ । जिल्लाको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरलगायतका धार्मिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीपछि जोखिममा परेका बटुकलगायतका व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो । 

वर्षासँगै धनगढी–डेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बूढीतोला सडकखण्ड ठाउँठाउँमा भासिँदा अवरुद्ध भएको यातायात सेवा साँझसम्म सुचारु हुन सकेको छैन ।  

जङ्गे सीमास्तम्भ बग्यो 

पश्चिमबाट पूर्वतर्फ हुँदै बग्ने मोहना नदीमा आएको बाढीको कटानबाट धनगढी उपमहानगरपालिका–९ को नेपाल–भारत सीमा क्षेत्र नजिकको ७४८ नम्बरको जङ्गे सीमास्तम्भ बगाएको छ । वडाअध्यक्ष प्रेमबहादुर भण्डारीले नदीले कटान गर्दा गए राति उक्त सीमास्तम्भ बगाएको बताए । 

“सीमास्तम्भ वरिपरि दुवै देशका सुरक्षा अधिकारीको समन्वय र सहयोगमा जैविक तटबन्धन गरेका थियौँ, रातिको बाढीले सीमास्तम्भसहित जैविक तटबन्धन बगाएको छ”, उहाँले भन्नुभयो, “सीमास्तम्भ जोगाउने प्रयासका लागि विगतमा पक्की तटबन्धन निर्माणको पहलस्वरूप उपमहानगरपालिकाका प्रमुखसँग गरिएको आग्रह सफल हुन नसक्दा बाढीले अहिले सीमास्तम्भ बगाएको छ  ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: