Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लड्दैछन् नेपाली युवा

खबरडबली संवाददाता

काठमाडौं । विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो। केही देशका राष्ट्रिय सेनामा नेपाली नागरिकलाई भर्ना हुने अनुमति रहेको पनि सबै देशका लागि त्यस्तो नीति नरहेको उल्लेख गर्दै विज्ञप्तिले युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ।  

विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने गरेको इतिहास लामो छ। बेलायती र भारतीय सेनामा नेपाली नागरिकले आफ्नो वीरता र पराक्रम देखाउने गरेको इतिहाससँग विश्व जानकार छ। दुवै देशसँगको ऐतिहासिक सम्झौताको विरासतमा हालसम्म लाखौं नेपाली नागरिक भर्ती भएर सेवा दिइसकेका छन्, अझैं हजारौं कार्यरत छन्। परराष्ट्र मन्त्रालयको ध्यान भने भारत र बेलायतको सेनामा नेपाली नागरिक भर्ना हुने गरेको विषयले तानेको होइन। 

मन्त्रालयको विज्ञप्तिले नै त्यसको प्रमाणका रूपमा रहेको छ। ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गर्दै भनेको छ, ‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ।’  

परराष्ट्र मन्त्रालयलाई यो विज्ञप्ति निकाल्न बाध्य हुनुको कारण युक्रेनसँग युद्धरत शक्तिराष्ट्र रुसमा भइरहेको गतिविधि हो। पछिल्लो समय नेपाली युवाहरू रुसी सेनामा धमाधम भर्ती भइरहेको खबर सामाजिक सञ्जाल र सञ्चार माध्यममा आइरहेका छन्। रुसी सेनामै भर्ती भएका नेपाली युवाहरूले टिकटकमा आफ्नो अनुभव राख्न थालेका छन्। 

विशेषगरी अध्ययनका लागि रुस गएका नेपाली युवाहरू अहिले रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध युद्ध लडिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विद्यार्थीबाहेक पूर्वसैनिक र प्रहरीहरूले पनि रुसी सेनामा भर्ना हुन चाहिरहेका बिबिसीले जनाएको छ। बिबिसीकै एक रिपोर्टअनुसार नेपाली नागरिकलाई रुसी सेनामा मासिक ६० हजारदेखि ३ लाख नेपाली रूपैयाँसम्म दिने गरिएको छ।  यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: