काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे ।
उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए ।
हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । “यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ”, डा अधिकारीले भने ।
सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ–सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।
डा।अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ ।
लक्षणहरु
आँखा पाक्ने रोगका प्रमुख लक्षणहरुमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा र चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने र दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुने लगायत हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...


प्रतिकृया लेख्नुहोस्: