Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?

खबरडबली संवाददाता

काठमाडौं । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए। उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए। आफ्नो विवरण खुल्ने कागजात लिएर ट्राफिकमा पुगे पनि कार्यालयका कर्मचारीले घरी के, घरी के भनेर अल्झाइरहेका थिए।

बुधबार दिउँसो १२ बजेतिर परिसरमा भेटिएका उनले ३ वर्षअघि स्कुटर बेचेका थिए। तर, पास गरेका थिएनन्। स्कुटर किन्ने व्यक्तिले पटक–पटक आग्रह गरे पनि पास गर्नका लागि आनाकानी गरे। कागजात अजयकै नाममा थियो। 

एकदिन मापसेको आरोपमा ट्राफिक चेकिङका क्रममा स्कुटर प्रहरीले नियन्त्रणमा लियो। स्कुटर लिन आउन भन्दै ट्राफिक कार्यालयबाट पटक–पटक फोन गरेपछि अजय काठमाडौं आएका थिए। तर, घरी बिलबुक ल्याउन त, घरी यातायात कार्यालयको पत्र ल्याउन भन्दै प्रहरी कर्मचारीले अजयलाई अल्मलाइरहे। 

अजय भन्छन्, ‘आफ्नै नामको स्कुटर लिन पनि यति झन्झट ? यस्तै गर्छन् र सवारीधनी आउनै खोज्दैनन्। जरिवाना तिरेर सजिलै लैजान पाए लाखौं पर्ने सवारी साधन यसै कसले छाड्छ ?’

 यस्तै केही दिनअघि एक महिला र पुरुष पार्टी ड्रेसमै ट्राफिक कार्यालयमा भेटिएका थिए। सडकमा मोटरसाइकल पार्क गरेर पाटीप्यालेस पसेका उनीहरू बाहिर निस्कँदा मोटरसाइकल नभेटेपछि हस्याङफस्याङ गर्दे ट्राफिक महाशाखा पुगेका थिए। सडकमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले उनीहरूको सवारी साधन बग्गीखाना पुर्‍याएको थियो।

पार्किङ शुल्क तिरेर सवारी लैजाने तयारी गरेका उनीहरूलाई प्रहरी कर्मचारीले रोकिरहे। घरी कर तिरेको रसिद माग्थे त घरी लाइसेन्स कहाँबाट निकालेको भन्दै केरकार गर्थे। 

प्रहरी कार्यालयमा यस्ता दृश्य हरेक दिन देखिन्छन्। कोही बिल बोकेर आएका हुन्छन् त कोही सवारी साधन लैजान पाउ भन्दै याचना गरिरहेका हुन्छन्। तर, नियमले बाधिएको भन्दै ट्राफिक प्रहरी सवारीधनीसँग लचिलो देखिँदैन। ट्राफिक नियम तोडेको भन्दै उनीहरूप्रति रुखो व्यवहार देखाउँछन्।  

उपत्यकाभरको प्रहरी कार्यालयमा र ट्राफिक कार्यालयमा २ हजार बढी संख्यामा सवारी साधन थुप्रिएका छन्। जसमा दुईपाङग्रे १९१३ र चारपांग्रे ४१ वटा छन्। 

१०० जनाले भने प्रक्रिया पुर्‍याएर सवारी साधन फिर्ता लगेका छन्। वर्षौंदेखि यसरी थुप्रिएका सवारी साधन न त सवारीधनीले लैजान नै सक्छन् न त सरकारले बेच्न वा प्रयोग गर्न नै पाउँछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: