सर्लाही । सर्लाहीको हरिऔन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल गिँडिएको अवस्थामा फेला परेको पुरुषको टाउकोलाई काठमाडौं पठाईने भएको छ । सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं पठाउन लागेको हो ।
पोष्टमार्टम गर्नका लागि टाउकोलाई काठमाडौं पठाईन लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उक्त टाउकाको काठमाडौंमै पोष्टमार्टम गर्दा सहि रिपोर्ट आउने भन्दै मलंगवा स्थित प्रादेशिक अस्पतालका चिकित्सकहरुले भनेका कारण काठमाडा्मां पठाउन लागिएको एसपी सुवेदीले बताए ।
प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले टाउकोको मात्र पोष्टमार्टम गर्न पर्ने भएकाले विशेषज्ञ भएको स्थानमै पठाउन प्रहरीलाई भनेको जानकारी दिए । प्रादेशिक अस्पतालमा तालिम लिएका एमबीबीएस डाक्टर साबहरुले मात्र पोष्टमार्टम गर्ने डा. झाले बताए । सुविधासम्पन्न ठाउँमा दक्ष जनशक्तिबाटै पोष्टमार्टम गराउन प्रहरीलाई भनिएको र हाल उक्त टाउको प्रादेशिक अस्पताल मलंगवाकै पोष्टमार्टम कक्षमा राखिएको उनको भनाइ छ ।
हरिवन नगरपालिका ४, सासापुरको लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरिरबाट घाँटीमा गिँडेर फालिएको टाउको मात्र फेला परेको थियो । विहिबार बिहान स्थानीयले देखेर खबर गरेपछि प्रहरीले जानकारी पाएको हो । अनुहार हेर्दा २०(२२ वर्षका युवक जस्तै देखिन्छ ।
टाउकोमा हिलो माटो लागेको देखिएपनि उक्त टाउको खोलाले नै बगाएर भने नल्याएको प्रहरीको अनुमान छ । अन्तै कतै काटेर त्यहाँ फालिएको हुनसक्ने वा सोही ठाउँमै टाउको काटेर शरीर अन्तै लगिएको हो भन्ने लगायत विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका एसपी सुवेदीले बताए । अभियुक्तहरुले अन्तैबाट बगाएर ल्याएको हो भन्ने देखाउन माटो दलिदिएको पनि हुन सक्ने उनको भनाइ छ ।
शरिरको अन्य भाग खोज्न तथा टाउकाको पहिचानका लागि लखन्देही खोला आसपास तथा जिल्ला स्थित अन्य स्थानका सुरक्षाकर्मीलाई परिचालन गरिएको र छिमेकी जिल्लाहरुमा समेत घटनाबारे पत्राचार गरिएको एसपी सुवेदीले जानकारी दिए । टाउकाको पहिचान भएमात्र घटनाको नजिक पुग्न सकिने भएकाले पहिचानका लागि नै प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाइ छ ।
विशेषगरि टाउको फेला परेको स्थान हेर्ने ईलाका प्रहरी कार्यालय हरिवनको टोलीलाई अनुसन्धान एवं खोजतलासमा व्यापक रुपमा खटाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शरिरको खोजतलास गर्न तथा टाउकाको पहिचान खुलाउन आफ्नो एरियाका सबै ठाउँहरुमा विभिन्न टोली नै बनाएर खटाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले जानकारी दिए ।
घाँटीमा धारिलो हतियारले छिनालेको अवस्थामा युवकको सग्लो टाउको मात्र फेला परेपछि सम्बन्धित सुरक्षा अधिकृतहरु माथि ठूलो चुनौती देखिएको छ । नहुनु घटना भईगो, यथाशिघ्र अपराधीहरुको पहिचान गरि न्यायको कठघरामा उभ्याउँदै जतिसुकै लुकाएर अपराधकर्म गरेपनि प्रहरीले पत्ता लगाउन सक्छ भन्ने सन्देश छर्ने अवसर समेत प्रहरीलाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: