Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

खबरडबली संवाददाता

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास समेत व्यक्त गरे । उनले भने, “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।” नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, “प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु ।”

आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए । विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामका अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको उनको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले भने, “जबसम्म देशभित्र नै युवाका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन, तबसम्म युवा पलायनको स्थिति रोकिँदैन ।” प्रधानमन्त्रीको हैसियतले आफ्नो ध्यान रणनीतिक गृहकार्य गर्दै ठूला विकासका परियोजना कसरी देशभित्र विकास गर्ने भन्नेतर्फ केन्द्रित रहेको उनले बताए ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले प्राकृतिक खेती या उत्पादन वृद्धि गर्ने सबै प्रविधिको सदुपयोग र सहकार्य गर्नेबारेमा केही समझदारी बनेको बताए । उनले भने, “मैले नेपालकोतर्फबाट एउट टोली छिट्टै भारत पठाउँदैछु । कृषि उत्पादन वृद्धि गर्नका निम्ति र सहकार्यका निम्ति ।” नेपालमा मल कारखाना निर्माण गर्नेबारे सैद्धान्तिक सहमति गरेको उनले जानकारी दिए ।

अहिले भारत र बङ्गलादेशसँग जलविद्युत्का सम्बन्धमा सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, “छिट्टै काठमाडौँमा विशेष समारोहसहित घोषणा गर्दैछौँ ।” आफू इटाली जाँदा रोममा बङ्गलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उनले बताए ।

प्रधानमन्त्रीले भने, “पहिलो पटक नेपालको इतिहासमा भारतको बाटो हुँदै बङ्गलादेशमा विद्युत् व्यापार गर्ने सहमति भएको छ ।” आफू छिट्टै चीन भ्रमणमा जान लागेको उल्लेख गर्दै उनले चीन सरकार नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजनामा सहयोग गर्ने मनसायमा रहेको उनको भनाइ थियो । त्यसका साथै भौतिक पूर्वाधार र विद्युत्का क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको उनले बताए ।

“हामीले जसरी भारतसँग क्रस बोडर ट्रान्समिटर लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ । अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोडर ट्रान्समिटर लाइन बनाउने कुरामा सहमति हुनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।”

आफू छिट्टै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लागेको प्रधानमन्त्री समेत उनले बताए । उनले भने, “त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ती नै हाम्रो ध्यान केन्द्रित हुनेछ ।” अहिले ठूलाठूला परियोजनामध्ये बूढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारेमा पनि सरकारले ठोस निर्णय गर्ने उनले बताए ।

एउटै परियोजनाबाट १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकियो भने ग्याम चेन्जर हुन्छ । उनले भने, “नेपालको अर्थतन्त्रमा ठूलो क्रान्ति ल्याउने परियोजना हुन सक्छ ।” बूढीगण्डकीको प्रक्रिया सुरु गर्न कार्यालयको उद्घाटन र अब छिट्टै शिलान्यास गर्ने र त्यसलाई पनि अघि बढाउने योजना रहेको प्रधानमन्त्रीले  बताए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई मुख्य नारा बनाएर काम कारबाही अघि बढाएको उनले बताए । सुशासन मात्रै नभएर जनताका प्रत्यक्ष सरोकारका विषयलाई सहजीकरण गर्न पनि सरकारका तर्फबाट लगातार प्रयास भइरहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री र सबै मन्त्रीको बीचमा कार्य सम्पादनको सम्झौता गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हरेक महिना प्रधानमन्त्रीसामु कार्यप्रगति प्रस्तुत गर्नैपर्ने बनाइएको बताए । उनले भने, “यी सबै पहलले परिणाम दिन थाल्ने छन् । बिस्तारै युवाका निम्ति देशभित्रै वातावरण बनाउने छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युवाका लागि महानगरपालिकाले विभिन्न काम गरेको उल्लेख गर्दै स्वदेशमै युवाले रोजगार पाउने अवस्थाको सिर्जना गर्न सबै लाग्नुपर्ने बताए । उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर युवामा ऊर्जा थपेको बताए ।

सो अवसरमा थारु, तामाङ, मगर र बोटे संस्कृति झल्किने नाचगान प्रस्तुत गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमका उत्कृष्टलाई पुरस्कृतसमेत गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: