Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कागबेनीको बाढी : २९ घरमा पूर्ण क्षति

खबरडबली संवाददाता

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पुर्याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरवास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् । 

गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए । “पूर्ण क्षति भएको घर बाढीले बगाउने र लडाउने गरेको छ । बस्नै नमिल्ने बनाएको छ”, उनले भने, “१३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । गोठका गाईवस्तु बाढीमा पुरिएका छन् ।”

गाउँपालिकाको केन्द्र र धार्मिकस्थल रहेको कागबेनीमा तिरिखोला थुनिएर कागखोलामा आएको बाढी आइतबार राति ८ बजेको समयमा बस्तीभित्र पसेको थियो । पूर्वसूचना पाएका कारण स्थानीयवासीले भागेर ज्यान बचाए पनि ठूलो धनमालको नोक्सानी भएको अध्यक्ष गुरुङले बताए ।

गाउँको बीच भाग भएर बस्ने कागखोलामा मान्छे र मोटरसाइकल वारपार गर्न बनाइएको तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल ध्वस्त बनाएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्क विच्छेद भएको छ । 

कागबेनी प्रहरी चौकी, वडा कार्यालय, धर्मशाला, श्रद्धास्थल, एउटा गुम्बा, एउटा मन्दिर, आमा समूहको स्नान गृहसहित र मिलन युवा क्लबको भवन, दुई तले हटरुम भवन पूर्णरूपमा क्षति भएको छ । गुम्बा नजिकै राखिएका दुई गाडी, ३० वटा स्कुटर र मोटरसाइकल बाढीले पुरेको र बगाएको अध्यक्ष गुरुङले बताए । 

नेपाल इन्भेष्टमेन्ट, मेघा र प्रभु बैंक लिमिटेडको कार्यालय भएको भवनमा पनि बाढी पसेर क्षति पुगेको छ । बैंक भएको घरको सुरक्षाका लागि प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । सामुदायिक भवन र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । कक्षा कोठा, खेलमैदानमा बाढी थुप्रिएकाले पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनशान्ति माविका शिक्षक मनविर किसानले बताए ।  

कागबेनीमा विद्युत् अवरुद्ध र खानेपानीको अभाव भएको छ । नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्यावियन पर्खाल बाढीले बगाएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरवास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिए ।

भवन बाढीले क्षति गरेपछि कागबेनी प्रहरी चौकीको कार्यालय वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रशासकीय भवनमा सारिएको छ । गाउँपालिकाको र अर्को सामुदायिक भवनमा आफन्त कहाँ आश्रय लिन नसक्ने ५० जनालाई व्यवस्थापन गरिएको प्रजिअ केसीले बताए ।

उनीहरूलाई खानेबस्ने व्यवस्था गाउँपालिकाले गरेको छ । साठीभन्दा बढी मजदुरलाई जोमसोममा घरपझोङ गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएर राखेको छ । बस्तीभित्र बाढी पसेर घरहरू हिलाम्मे भएका छन् । बाढीले नभत्काएका घरभित्र पसेको बाढी फालेर सफा गर्नुपर्ने छ । 

जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भत्किएका र जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा लैजान सहयोग गरेका छन् । नेपाली सेनाले काठको अस्थायी पुल हालेर उपल्लो पैदल हिँडेर खोला वारपार गर्ने व्यवस्था मिलाएको छ । 

जोमसोम–कागबेनी सडकअन्तर्गत पाण्डाखोलामा आएको बाढीले उद्धार र राहत व्यवस्थापनमा चुनौती सिर्जना गरेको छ । गाउँपालिकाका अध्यक्ष गुरुङले राहत वितरणलाई एकद्वार प्रणाली लागू गर्न मङ्गलबारको विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव गर्ने बताए । मुस्ताङमा शनिबार र आइतबार लगातार पानी परेको थियो । 

स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालि जस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: