Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सिन्धुलीमा भएका तीन छुट्टा छुट्टै दुर्घटनामा ७ जना घाइते

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीमा सोमवार र मंगलवार भएको तीन छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मंगलवार सुनकोसी गाउँपालिका –५ मुल्कोट नजिकै बिपी राजमार्गमा ट्रकको पछाडि एम्बुलेन्स ठोकिदा एम्बुलेन्समा सवार चार जना घाइते भएका छन् ।

बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८८०० नम्बरको ट्रकको पछाडि सोही दिशाबाट जाँदै गरेको बा २ झ ३१०७ नम्बरको बर्दिबास नगरपालिकाको एम्बुलेन्स ठोकिदा तीन जना मध्यम घाइते र एक जना सामान्य घाइते भएका हुन् ।

घाइते चार जनाको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमवार राती बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –४ हिरा पानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । चियाबारी बाट सिन्धुलीमाढी तर्फ आउँदै गर्दा ज १२ प ७६३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित सडकको नालामा खसी दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बिएनबि अस्पताल ललितपुर पठाइएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

सोमवार दिउँसो मध्य पहाडी लोक मार्ग अन्तर्गत फिक्कल गाउँपालिका – ४ खाङसाङ बजारमा टोएटा पिकप र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको बिएबि ९७९३ नम्बरको टोएटा पिकप र विपरीत दिशाबाट आउँदै गरेको  ओखलढु‌ंगाको सुनकोसी गाउँपालिकाको बागमती प्रदेश ०२–००१–ब ६०२४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन्  । उनीहरूको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy