काठमाडौँ । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मेयर तथा दुई वडाको वडा अध्यक्षको घोषणा गरेको छ ।
बुधबार बिहान एक कार्यक्रम गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवार घोषणा गरेका हुन् ।
माओवादी केन्द्रले मेयर पदमा प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै किर्तिपुरको वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै किर्तिपुरको मेयर पदमा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाले मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ भने किर्तिपुरको मेयर पदका लागि सरसफाई अभियानकर्ता राजमान मानन्धरले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले भने मेयर पदका लागि नगर समितिका सभापति कृष्णमान डङ्गोलको नाम पहिलो नम्बरमा राखेर ११ जनाको नाम सिफारिस गरेको छ । जसमा बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, सङ्गीता बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन रहेका छन् ।
कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उनी कांग्रेसबाट विजयी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - २१:५८
काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...
बैशाख २० गते, २०८३ - २१:३३
दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...
बैशाख २० गते, २०८३ - २१:३१
पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...
बैशाख २० गते, २०८३ - २०:२९
काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...
बैशाख २० गते, २०८३ - २०:२८
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...
बैशाख २० गते, २०८३ - २०:२५
करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार
बैशाख २० गते, २०८३ - २०:२१
काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...
बैशाख २० गते, २०८३ - २०:१८
काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...
बैशाख २० गते, २०८३ - २०:१४
काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...
बैशाख २० गते, २०८३ - २०:०५
काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...


प्रतिकृया लेख्नुहोस्: