काठमाडौं । गीतकार संघ नेपालले यहि १ भदौमा गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । शुक्रवार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष बसन्त वित्यासी थापाले बताएका छन् ।
सो सांगितिक कार्यक्रमा रत्न शम्शेर थापाद्धारा रचित दुई गीत जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको बसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’को जुन फूल मैले, उदास मेरो जीवन प्रस्तुत गरिने भएको छ ।
यस्तै नगेन्द्र थापाको चिनारी हाम्रो, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेशम, विश्व बल्लभको भाग्यले खुसी, शिवशंकर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार बोलका गीतहरु प्रस्तुत गरिने भएको छ ।
‘नेपाली गीति लेखनमा यहाँ सम्म ल्याइ पुर्याउने र यहाँबाट अगाडि लानु हुने तमाम गीतकार स्रष्टाहरुको छाता संगठन गीतकार संघ नेपालले नेपाली गीत लेखनमा पुर्याएको योगदानलाई कदर गरी गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुको चर्चित गीत यो कार्यक्रममा प्रस्तुत गरिने छ ।’ थापाले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने सांगीतिक कार्यक्रममा अग्रज गीतकारहरुका गीतहरु प्रत्यक्ष बाजा सहित प्रस्तुत गरिने पनि अध्यक्ष थापाले बताए । ती गीतहरु लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरुले गाउने छन् ।
‘नेपाली गीति लेखनमा योगदान पुर्याउने गीतकारहरुको सम्मान तथा गीतकार उपचार कोष सहयोगार्थ आयोजना हुने उक्त सांगितिक कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्रमा आवद्ध हुनु हुने विभिन्न सरकारी निकाय, संघसंस्था, गीत, संगीतप्रेमीहरु तथा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आफ्नो स्वइच्छाले टिकट खरिद गर्न हामीले अनुरोध गरेका छौं ।’
संघका महासचिब टीका राई (शिब)ले बताएका छन् । तमाम गीतकारहरुको लागि गीतकार उपचार कोषमा धेरै भन्दा धेरै रकम सँकलन गर्ने आफुहरुको लक्ष्य रहेको पनि उनले प्रकाश पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: