काठमाडौं । गीतकार संघ नेपालले यहि १ भदौमा गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । शुक्रवार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष बसन्त वित्यासी थापाले बताएका छन् ।
सो सांगितिक कार्यक्रमा रत्न शम्शेर थापाद्धारा रचित दुई गीत जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको बसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’को जुन फूल मैले, उदास मेरो जीवन प्रस्तुत गरिने भएको छ ।
यस्तै नगेन्द्र थापाको चिनारी हाम्रो, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेशम, विश्व बल्लभको भाग्यले खुसी, शिवशंकर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार बोलका गीतहरु प्रस्तुत गरिने भएको छ ।
‘नेपाली गीति लेखनमा यहाँ सम्म ल्याइ पुर्याउने र यहाँबाट अगाडि लानु हुने तमाम गीतकार स्रष्टाहरुको छाता संगठन गीतकार संघ नेपालले नेपाली गीत लेखनमा पुर्याएको योगदानलाई कदर गरी गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुको चर्चित गीत यो कार्यक्रममा प्रस्तुत गरिने छ ।’ थापाले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने सांगीतिक कार्यक्रममा अग्रज गीतकारहरुका गीतहरु प्रत्यक्ष बाजा सहित प्रस्तुत गरिने पनि अध्यक्ष थापाले बताए । ती गीतहरु लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरुले गाउने छन् ।
‘नेपाली गीति लेखनमा योगदान पुर्याउने गीतकारहरुको सम्मान तथा गीतकार उपचार कोष सहयोगार्थ आयोजना हुने उक्त सांगितिक कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्रमा आवद्ध हुनु हुने विभिन्न सरकारी निकाय, संघसंस्था, गीत, संगीतप्रेमीहरु तथा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आफ्नो स्वइच्छाले टिकट खरिद गर्न हामीले अनुरोध गरेका छौं ।’
संघका महासचिब टीका राई (शिब)ले बताएका छन् । तमाम गीतकारहरुको लागि गीतकार उपचार कोषमा धेरै भन्दा धेरै रकम सँकलन गर्ने आफुहरुको लक्ष्य रहेको पनि उनले प्रकाश पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: