धादिङ । जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी छ।
नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महशुल तिर्न बाँकी छ। महशुल नतिर्ने एक हजार ७४८ जनाको विद्युत् लाइन काटिए पनि १७७ ग्राहकले अझैसम्म महशुल तिरेका छैनन्। १०३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ।
लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ। धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको प्रमुख न्यौपानेले बताए।
चोरी पनि उस्तै
धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन।
गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो। उनीहरूबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उनले बताए।
अघिल्लो आवमा १२३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो। गत आवमा ११ करोड २२ लाख ९१ हजार ६०९ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड रकम संकलन भएको प्राधिकरणले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०७:०९
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्...
चैत्र २ गते, २०८२ - ०७:०६
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको माग दाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्...
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...


प्रतिकृया लेख्नुहोस्: