Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने नेताहरू कोही बाँकी रहँदैनन्ः रवि लामिछाने

खबरडबली संवाददाता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेको सम्पत्ति लुकाउने समय अबको चार वर्ष मात्र रहेको बताएका छन् । झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन् । 

उनले २०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक–एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे । ३२ वर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार वर्ष उनीहरू व्यस्त रहने उनको भनाइ थियो । उनले भने– ‘२०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन्।’

अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नेताबाहेक प्रायः सबै नेताको बास जेलमा हुने लामिछानेको भनाइ थियो । उनले भने, ‘मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने धेरै नेताहरू बाँकी रहँदैनन्। मात्र तीन वटा फाइलले।’

इतिहासमा त्यस्ता भ्रस्टाचारका धेरै फाइल रहेका र कतिपय फाइल लुकाइएको अवस्थामा रहेका उनको दाबी थियो । आफूले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको टीकाटिप्पणी हुने गरेकोमा उनले अन्य दलहरूलाई पनि त्यसरी काम गर्न चुनौती दिए । नेपाली राजनीतिमा सही मान्छेलाई अवसर दिनुभन्दा आफ्ना मान्छेलाई पोस्ने परम्परा बसेको उनले बताए।

झापामा भएको र्काक्रमलाई पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू मनीष झा, निशा डाँगीलगायतले सम्बोधन गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending