Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भ्रष्टाचार र बेथिति विरुद्ध लडाइ माओवादीको बिरासतले जित्छ : प्रधानमन्त्री

खबरडबली संवाददाता

सुर्खेत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन्। 

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध एक्सन चालिएको बताए। 

 वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा आशा जगाएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले भने, “परिवर्तनको तागत लिएर आएको माओवादीको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारबाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।” 

क्रान्ति एवं आन्दोलनमा हरेक पटक परीक्षा दिनुपर्ने इतिहास बिर्सन नहुने बताउँदै प्रधानमन्त्री दाहालले भने, “पासपोर्ट, इजाजतलगायत थुप्रै समस्यामा सरकारले आफ्नो अभिभावकत्व प्रदान गरेको छ । विदेशमा भएका लाखौँ नेपालीको भविष्य सुरक्षित गर्न उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ । अहिले नै साढे तीन लाख विदेशमा रोजगारका लागि गएका श्रमिकहरु लाभान्वित भएका छन् ।” 

उनका अनुसार ४० देखि ५० लाखलाई आबद्ध गराउन लागिएको यो कार्य नै सामाजिक न्याय हो । सयौँ भनाइ भन्दा राम्रो कम गर्नु नै शक्तिशाली हुने बताउँदै उहाँले अब विदेशमा रहेका ४० देखि ५० लाखलाई कोषमा आबद्ध गराएर सामाजिक न्याय दिइने बताए।

कसैको दबाब, करकापमा काम नगरिने र जनताको पक्षमा काम गर्नेहरुले कहिले नहार्ने उनको भनाइ थियो । सरकारले थालेको एक्सन ललिता निवासको जग्गा जनताको हातमा पार्ने अभियान भएकाले गलत गर्नेहरुको कोही आफ्नो कोही पराई नहुने उनले बताए । 

प्रधानमन्त्री दाहालका अनुसार लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु भनेकै समाजवाद निर्माणको थालनी हो । समाजवादको धरातल निर्माण गर्ने अभियान भनेकै सुरक्षा कोषको सञ्चालन हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: