Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

प्रचार अभावमा धार्मिक पर्यटकीय गन्तव्य कुँडहर कमलपोखरी

खबरडबली संवाददाता

काठमाडौं । तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ ।

पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ । आजको कमल पोखरीको पुरानो नाम भने बुडुवाँ थियो, नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताए । 

समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए । उनका अनुसार तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्गी यहाँका प्रमुख आकर्षण हुन् ।

कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी विकासमा टेवा पुर्‍याउने उद्देश्यले राज्यस्तरबाट प्राथमिकतामा राखेर संरक्षण एवं विकासका योजना बनाइरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले जानकारी गराए । कमलपोखरीको संरक्षण एवम् पर्यटकीय विकासलाई लक्षित गरी यसको वरिपरी ‘फुटट्र्याक’ निर्माणका लागि वडाको पहलमा महानगरपालिकाबाट १८ लाख बजेट विनियोजन भएको उनकाे भनाइ छ ।

कमलपोखरी क्षेत्रमा बर्सेनि डुबान हुँदा यहाँका स्थानीय प्रभावित भएकाले गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत काहुँखोला डुबान क्षेत्रको रोकथामका लागि योजना अघि सारेको र सिद्धथान देखि घट्टेखोलासम्मको ड्याम निर्माणका निमिक्त बहुवर्षीय योजनाअन्तर्गत ८ करोड रुपैया बजेट बिनियोजन भएको वडाध्यक्ष बरालले जानकारी दिए  । 

विश्व रामसार सूचीमा सूचीकृत रहेकाले पनि पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीय रुपमा उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष मेला लाग्ने गरेको कमलापोखरी संरक्षण समितिका सहसचिव प्रविण हर्मेलले जानकारी दिए । 

सहसचिव हर्मेलका अनुसार विशेष गरी दलित समूदायले यस क्षेत्रको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएको बताए । यसको महत्वलाई प्रचारप्रसार गर्न भने नसकिएको उहाँको भनाई छ । कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी रहेको जानकारी गराए । पछिल्लो समय अतिक्रमणका कारण करिब छ रोपनी क्षेत्रफल कम देखिएको तालमा अहिले वरपर तारबार गरिएको छ ।

विसं २०६४ मा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको समितिका अध्यक्ष विश्वकर्माले बताए । उनका अनुसार कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो ।

पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि स्थानीयले थप पहल अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताए  । उनका अनुसार कमलपोखरीसम्म आउने बाटो नहुँदा स्थानीय कालेजैसी गोतामे, अमिन शेरबहादुर कार्की र धनपति तिमल्सिनाले जग्गा दिएपछि बाटो खोलिएको थियो । बाटो सञ्चालनमा आएसँगै यसस्थलमा नागको मन्दिरलगायतका अन्य भौति पूर्वाधार निर्माण थालिएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy