काठमाडौं । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री नागपञ्चमीका दिन सोमबार बिहान सवा ८ बजे साथीसँगै पोखरा ८ जाल्पारोडस्थित घर आइपुगिन् । अघिल्लो रात घरबाहिर बसेकी उनी भित्र पस्नै लाग्दा सासूसँग ठाकठुक पर्यो ।
‘नागपञ्चमीका दिन रोशनीकी सासू घर सफा गर्दै हुनुहुन्थ्यो । रोशनी जुत्ता लगाएरै घरभित्र पसिन् । त्यसमा केही विवाद भएको रहेछ’, परिवारनिकट स्रोतले भन्यो । त्यसपछि उनी साथीलाई लिएर स्कुटरमा घरबाट निस्किइन् । साथीलाई पोखरा ७ मा पर्ने मदरल्यान्ड माध्यमिक विद्यालयमा छोडेर फर्किइन् ।
फर्किंदा उनले स्कुटरमा १ बोतल पेट्रोल ल्याएकी रहिछन् । उनी पेट्रोलसहितको बोतल र सलाई लिएर घरको गेटभित्र पसिन् । फटाफट जिउमा पेट्रोल खन्याइन् र सलाई कोरेर आगो झोसिहालिन् ।
केही बेरमा घरपरिवार र छिमेकी थाहा पाए । हत्तपत उनको जिउमा लागेको आगो निभाइयो । छिमेकी र आफन्तले अस्पताल लैजान खोज्दा उनी मानिनन् । उनी भन्दै थिइन्– म मर्न चाहन्छु । अस्पताल, सस्पताल जान्नँ । परिवार र छिमेकीले जबरजस्ति अस्पताल लगे ।
अस्पताल पुग्दासम्म उनी सामान्यरुपमै बोल्न सक्थिन् । आफूलाई भेट्न गएकाहरुलाई ‘सरी’ भनिरहेकी थिइन् । श्रीमानलाई अस्पतालमा ‘सरी सानु, मैले गल्ती गरें’ भनेको प्रत्यक्षदर्शीहरु बताउँछन् । पहिला सामान्यरुपमै कुराकानी गरेकी उनको शरीर सुन्निँदै गयो । अवस्था गम्भीर हुँदै गयो ।
गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएकी रोशनीको उपचार सम्भव नभएको अस्पतालले जानकारी दियो । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारीसमेत भएको थियो । तर, मौसम नखुल्दा त्यो सम्भव भएन ।
अस्पतालका अनुसार उनको करिब ६५ प्रतिशत शरीर जलेको थियो । दिउँसो १ बजेपछि उनी बोल्न नसक्ने अवस्थामा पुगिन् । उनको अवस्था झनै जटिल बन्यो । अस्पतालले भेन्टिलेटरमा राख्न आग्रह गरेपछि रोशनीका आफन्तले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगे । तर, त्यहाँ पनि उनको उपचार सम्भव भएन । अन्तत मंगलबार बिहानै उनी सदाका लागि अस्ताइन् ।
रोशनी घटनाको दुई दिनअघि राति रोएको छिमेकीले सुनेका थिए । अर्को दिन बिहान १२ बजे निस्किएकी उनी नागपञ्चमीका दिन बिहान सवा ८ बजे मात्र घर आएकी थिइन् । परिवारिक स्रोतका अनुसार उनी गर्भवतीसमेत थिइन् ।
आफैंले आवेशमा आएर आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानबाट आवेशमा आएर आफैंले पेट्रोल छर्किएर आगो लगाएको देखिएको बताए । शव पोस्टमार्टममा लागि रोशनीका माइती र घर पक्ष दुवैले प्रहरीलाई निवेदन दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: