काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रिस तथा दुवईबाट वाट्सएपमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिलाई विभिन्न मितिमा काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरुबाट फिरौती रकमसमेत बरामद तथा पक्राउ गरी ग्रीसमा बन्धक बनाई राखेका पिडितसमेतलाई सकुशल उद्दार गर्न सफल भएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद गरेर अनुसन्धान भइरहेको छ ।
सीआईबीका अनुसार धनुकुटाका ३२ वर्षका शिवराज कुँवर भदौ दुई गते गौरिघाटबाट, काठमाडौं तारकेश्वरका ५६ वर्षीय रामेश्वर अर्याल भदौ तीन गते तारकेश्वरबाट, कपिलवस्तु शिवराज नगरपालिकाका ३२ वर्षका प्रकाश बेलबासे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट र पर्वतको फलेबाट नगरपालिकाकाका ४२ वर्षीय दिलबहादुर थापा पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाटै पक्राउ परेका हुन् ।
गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका दुईका २५ वर्षीय सावित्रा थापा, उदयुपरको त्रियुगा नगरपालिका तीनका कृष्ण कार्की र काभ्रेपलोञ्चोकको नमोबुद्ध नगरपालिका एकका ३० वर्षका राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारीको सिलसिलामा सर्विया पुगेका थिए ।
सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुन लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगीसमेतले अपहरण गरी उनीहरुलाई डोरीले बाधेर शारिरीक तथा मानसिक यातना र डर त्रास देखाउँदै ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारसँग १० हजार युरो फिरौती माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: