पाँचथर । भारतको पश्चिम बंगालस्थित राजगन्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा धेरै सर्वसाधारण एवं व्यापारीलाई ठगेर बेपत्ता भएका छन् ।
झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीहरूबाट अलैंची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन् । उनी श्रीमती, बुबा, आमा र छोरीहरूसँग बिर्तामोडमा बस्दै आएका थिए । अग्रवाल सपरिवार एक महिना अघिदेखि बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका छन् । उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए । पंकजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ ।
पंकजलाई गोदाम राख्न घर भाडामा दिएका गनबहादुर तामाङका अनुसार बुबाकै पालादेखि स्थापित व्यवसायीको पहिचान बनाएका पंकज इलाम, सुनसरी, झापा र पाँचथरका ग्रामीण बजारसम्म घुमेर चामल व्यापार गर्थे । पाँचथरको घुर्बिसे पञ्चमीका व्यवसायी युद्वबहादुर बोहराका अनुसार बजार भाउभन्दा केही सस्तो र उधारो बेच्दै आएका उनी कारोबारीसँग ब्याज मराउनीमा चामल र तेलजस्ता खाद्य वस्तु दिन्थे ।
‘भाखा पुगेकै दिन साँवाब्याज उपलब्ध गराउने भएकाले कारोबारीको विश्वास जितेका उनी ठगेर हिँडे,’ बोहराले भने । आफूले अग्रवाललाई १० लाख रुपैयाँ नगद दिएको पनि उनले बताए । अग्रवालले पाँच जिल्लाका २ सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितहरूले दिएको सापटी र ब्याज मराउनीमा लिएको उजुरीमा उल्लेख छ । उनले सबैगरी ८० करोडभन्दा धेरै रकम लिएर भागेको कारोबारीहरू बताउँछन् ।
अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाई गरिदिएका छन् । पीडितहरूले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिएका छन् । यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेका छन् ।
उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन् । ब्याजको प्रलोभनकै कारण टाढाबाट आएका व्यापारीलाई कारोबारीले ठूलो परिमाणमा पैसा सापटी दिने, भरपर्दो कागज नबनाउने र भागिसकेपछि मात्रै प्रहरी प्रशासन गुहार्ने गरेका कारण ठगिने क्रम नरोकिएको पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले बताएको खबर आजको कान्तिपुरमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: