Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

खबरडबली संवाददाता

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो । एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो ।

इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् । त्यसअघि काजल श्रेष्ठ भने रन नबनाइकन आउट भइन् । वर्षा अत्यधिक भएपछि खेल पुन: सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।   यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । 

बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।  नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो  ।

उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो ।  महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनका लागि कालीकोटमा सात सय ६० कर्मचारी खटिए

कालीकोट। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ३ मतदान स्थल र एक ...

राष्ट्रिय मगर दिवसमा बालेन शाहको शुभकामना, मगर समुदायको योगदानको प्रशंसा

काठमाडौँ । बालेन शाह ले न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन् । ...

परिवारसहित उम्मेदवारको बैंक खाता आयोगको निगरानीमा निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा उनीहरूको एकाघरका परिवार सदस्यहरूको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचनस...

बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घट...

ट्रक र बस ठोक्किँदा १४ जना घाइते

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा दुई जन...

धनकुटामा पालिकाबाटै मालपोत सेवा सञ्चालनको तयारी

हिले। धनकुटाको पाख्रिवासमा भू–सूचना प्रणालीमार्फत जिल्लाका स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।...

बिबिसी डकुमेन्ट्री भूराजनीतिक चलखेल : महासचिव पोखरेल

दाङ। नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी डकुमेन्ट्रीलाई भूराजनीति...

मगर दिवसमा सार्वजनिक बिदा

रौतहट । ४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाको नगर प्रमुख स्तरि...

होलीमा भीडभाड हुने कार्यक्रम नगर्न आग्रह

हेटौँडा। फागु पूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी...

नेकपाको चुनावी अपिल सार्वजनिक: ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौँ’

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE