Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

छोरीलाई गुडिया, छोरालाई बन्दुक : विभेदपूर्ण मानसिकतामा परिवर्तन जरुरी

दीपा थोकर तामाङ
दीपा थोकर तामाङ

नेपाली समाजमा छोरी मान्छेको जीवन सबैतिर एकनासको छैन । किनकि अन्य देश झैँ नेपाल पनि सहर र गाउँ तथा धनी र गरिब जस्ता विविधताले भरिएको देश हो । तर एउटा कुरा समान धनी, गरिब वा सहर, गाउँतिर सबैमा के छ भने त्यही एउटै परिवारमा पनि छोरा र छोरी बिच जन्मदेखि नै परिवारको फरक व्यवहार भने छ र त्यो आजीवन विभिन्न आयाममा देखा पर्छ ।

महिलालाई पुरुष पिता, भाइ र दाइ वा श्रीमानको रूपमा जीवनमा जति आवश्यक छ, त्यतिकै पुरुषलाई पनि महिला आमा, दिदी र बहिनी तथा श्रीमतीको रूपमा उत्तिकै जरुरी छ । यी दुइटैको सम्मान भाषा, व्यवहार र सोच परिवर्तनले सम्भव छ र त्यसले नै एउटी छोरी मान्छेको जीवनमा सुधार आई परिवार, समाजमा नै सुधार देखिनेछ । 

बन्दुक र गुडिया

हाम्रो समाजमा जन्मदेखि नै छोरा र छोरीबिच परिवारबाट नै अर्थात् मानवबाट नै पूर्व मानसिकता अनुसार मान्छे जन्मँदा ईश्वरले निधारमा ‘तिमी छोरा महान् र तिमी छोरी अलि कम महान्’ नलेखेको भए पनि अलि हुनेखाने परिवारमा के देखिन्छ । 

त्यही आधारमा समाजले तोकिदिएको फरक लुगा त पहिराइन्छ नै साथै खेल्ने खेलौनाहरू पनि त्यही सानो बच्चाका लागि छोराको हकमा ‘बलियो’ देखाउन ‘बन्दुक’ जस्ता खेल्न दिइन्छ । छोरीलाई भने ‘कलिलो र कमजोर’ देखाउनलाई भने ‘गुडिया’ खेल्न दिइन्छ।

भाषिक अन्तर त बोली फुट्दादेखि आमाबुवाले सम्बोधन गर्दा त्यतिकै हुन्छ । उदाहरणको लागि, हामी नै छोराछोरी, नोकर, नोकर्नी, राजा रानी, श्रीमान्, श्रीमती आदि लेखेर पुरुषलाई जहिले पनि सुरुको स्थान र महिलालाई पछिको स्थान दिमागमा नै बसाएर दिन्छौँ । 

हामीले छोराछोरी, नोकर्नी, नोकर, रानी, राजा, श्रीमती, श्रीमान् पनि लेख्न र बोल्न बराबरी रूपमा थाल्दा दिमागमा पुस्तौँदेखि बसेको अदृश्य विभेद हट्न सक्छ । जबकि धार्मिक ग्रन्थ सनातन हिन्दुमै रामायण पढ्दा समानता देखिन्छ । जस्तै, श्रीराम जस्तै श्री सीता पनि महिला(पुरुष सबैका लागि उल्लेखित छ । हामी भने अदालतमा पुरुष तथा महिला दुवै न्यायमूर्तिका लागि ‘श्रीमान्’ सम्बोधन गर्छौ ‘श्री’ मात्र लगाउँदा हुँदैन र रु

त्यस्तै, हामी जब शिक्षक सुन्छौँ भने पुरुष चित्र मात्र दिमागमा आउँछ । जबकि शिक्षक महिला पनि हुन्छन् । अर्थात्, महिला शिक्षकलाई बुझ्नलाई हामीले शिक्षिका गरी शब्दलाई नै स्त्री लिङ्ग बनायौँ जुन हाम्रो मनमा बसेको पुरुष प्रधान समाजको द्योतक हो । त्यसैले आज ‘चियरम्यान’को ठाउँमा ‘चियरवुमेन’ नबोलीकन पूर्वाग्रह रहित भाषा बनाउन ‘चियरपर्सन’ बोल्दा उपयुक्त हुन्छ । अर्थात्, सोचको खेल रहेछ सबै ।

समाजमा के देखिन्छ भने बुवा र आमाले पनि पितृसत्तात्मक सोच अनुसार छोराले भोली घरबाट बाहिर कमाएर घर परिवार पाल्नुपर्ने ‘बाहिरिया’ बन्नुपरेकोले बहादुर र निर्भीक बन्नुपर्छ सोच्छौँ । छोरीले भने घरमा बसेर रहनुपर्छ, बिहेलाई राम्रो केटा चाहिन्छ भनेर उनलाई ‘भित्रिया’ सोचेर बिस्तारै बोल्न, चर्को नबोल्न राम्री केटी बन्न सौन्दर्यका सामानहरू दिन्छौँ । 

जवाफ नफर्काउन सिकाउँछौँ अर्थात्, सभ्यता र सुन्दरताको नाउँमा उनको जिब्रो काटेर लाटी बनाउँछौँ । जबकि दिमाग उनको चलिरहेको हुन्छ । यसैको परिणाम हो कि जहाँ छोरीले घरको काममा, भाइ र दाइको रेखदेख सहित कोठामा आमाको छाया बन्नुपर्छ । त्यहीँ छोराले बहिनी वा दिदीको प्रवाह नगरीकन जहाँ पनि घर बाहिर खेल्न पाउँछ ।

सिसा फुटाउँछ, ठुलो भएपछि बाहिर ट्युसन पढ्न जान्छ । जो सँग पनि जान्छ, जति ढिलो पनि घर फर्कन्छ । जुत्ता मोजा बरन्डामै फाल्छ तर उता छोरी समझदार नानीले यी केही गर्न पाउँदिनन् । दमित हुन्छिन्, दमित इच्छा बाहिर आएर कुनै दिन केटी साथीसँगै पनि विद्यालयबाट फर्किँदा ५र१० मिनेट खेल्नमा बित्यो भने विभिन्न शङ्का उपशङ्का उनको हर्कतमा उठ्छ । जुन हर्कत नभई उनको बाल अधिकार हो ।

क्याम्पस र कार्य थलो समतामूलक भएन

छोटकरीमा के भन्न खोजिएको हो भने घर, परिवारमा अभिभावकहरू हरेक परिवारमा संवेदनशील र साक्षर नहुनु स्वाभाविक हो तर विद्यालयपछि आउने क्याम्पस र कार्य थलो पनि अदालत आदि जस्तै महिलाप्रति संवेदनशील व्यवहार देखिँदैन । अचेल सोसल मिडियाको प्रभावले अलि चेतना आए पनि केहिमात्र दशक अघि त्यो चेतना देखिँदैनथ्यो । उदाहरणका लागि, आज बिजुलीको खम्बामाथि चढ्ने जस्तो काम केबल पुरुषले नगरेर महिलाले पनि गरेको देखिन्छन् ।
जस्तै बस, ट्रक, ट्याम्पो चालकमा महिला देखिन थालेका हुन् । कुनै समय केही वर्ष अघि नेपाल(भारतमा यस्तो थियो कि छोराका लागि गणित, भौतिक शास्त्र, इन्जिनियरिङ जस्ता दिमाग लाग्ने विषय पढ्न विषय रोजाइन्थ्यो । छोरीको लागि भने जनसङ्ख्या अध्ययन, सामाजिक विज्ञान, संस्कृति, इतिहास, भाषाका विषयहरू सजिलो हुन्थे । ताकि छिट्टो ‘ब्याक नलागीकन’ पढाइ सकाएर बेलैमा ‘पढेकी केटी’को रूपमा बेलैमा गर्न सकुन् ।

त्यस्तै, कार्यस्थलमा छोरा मान्छेले कार्यालयको सिइओ, व्यवस्थापक आदि बन्ने दिमाग राख्थ्यो भने छोरी चाहिँ रिसेप्शनिस्टमा पूरा फिट हुन्थ्यो । बढीमा सेक्रेटरी अङ्ग्रेजी भाषामा लेख्दा तर व्यवहारमा भने निजी सचिव अर्थात्, पिएमा फिट हुन्थ्यो ।

तर आज दिमाग नै हावामा उड्न गएर व्यापक परिवर्तन समाजमा आएको देखिन्छ । किनकि जुन विषय जो पनि पढ्छन् । आज भने जुन पदमा पनि महिलाले पनि देशमा मात्र नभई विदेशमा पनि सम्हाल्न बाहिरिया भएरै जान्छिन् । बुझ्नु के छ भने, जुन उच्च संस्कारको कुरा हामी छोरीमा हुनुपर्छ, अनुशासित हुनुपर्छ भन्छौँ, सिकाउँछौँ, त्यही संस्कार छोरामा पनि भोली ठुलो भएर विवाहित हुँदा देखाउने जस्तो हुनुपर्छ ।

विवाह अघि वा पछि कुनै काम विशेषले वा त्यतिकै छोरीले समयमा घर र कोठा नपुग्दा जति शङ्का र सवाल सोधिन्छ त्यतिकै छोरामाथि पनि सोधिनुपर्छ । कुन केटीसँग तिम्रो यति समय बित्यो रु कहाँ थियौ तिमी अहिलेसम्म रु कोही केटीको सम्मान कतै तिम्रो कारणले खतरामा त छैन रु आदि ।

अर्थात्, भोलि काम विशेषले विवाहित नारी सूचना दिएर अभिभावकसँग वा अन्य नारीसँग नै कार्यस्थलबाट समूह वा एक्लै अलि ढिलो घर फर्किन् भने सामान्य रूपमा जान्न, सोध्न सकिने, अशंकालु समझदार श्रीमान् बन्नु आजको अपरिहार्य कुरो हो ।

शारीरिक बनावट फरक भए पनि छोरा, छोरी बिच कुनै दक्षता, क्षमता कम वा बढी हुनु सोच्नु मनोवैज्ञानिक र सयौँ पुस्तादेखि हाम्रो समाजमा हुने महिला र पुरुष दुवैको मनमा बसेको पुरुष प्रधान सोचका अवशेषहरू मनोवैज्ञानिक रूपमा बसेकाको परिणाम हो ।

महिलाप्रति हुने विभेद मनोवैज्ञानिक, भाषिक, व्यवहारिक आदि पाटोमा छन् । जन्मँदा भने प्रकृति र ईश्वरले समान रूपमा उही क्षमताको साथ धर्तीमा पठाउँछन् । शारीरिक विविधता कमजोर बलियो जस्तो विभेदको स्रोत नबनी हाम्रोलागि प्रकृतिको सुन्दर विविधताको रूपमा लिइनुपर्छ ।

कुन विषय पढ्ने भन्ने रोजाई परम्परागत पुरुष, महिला बिचको मानसिक शङ्कालु विभेदले नभई विद्यार्थीको स्वेच्छा वा आर्थिक स्थितिले तय गरिने हो । आजको गणतान्त्रिक अर्थात्, समावेशी, समानुपातिक तथा समतामूलक समाजको अवधारणामा महिलाले क्षमता अनुसार आफ्नो पूर्ण अधिकार सदुपयोग बराबरी रूपमा पुरुष जति गर्ने हो ।

विविधता हटाएर, समानता ल्याउनुका अर्थ महिलाले विगतमा भएका घटनाहरूमा पुरुष दोषी जतिलाई दुस्मन मानेर बदला लिने होइन अपितु विभेदलाई शिक्षा, सञ्चार, कानुन आदिको मद्दतले धनी, गरिब, सहर, गाउँ जुन परिवारको पनि छोरा र छोरीबाट हटाउनुपर्छ । मलाई लाग्दछ कि घर परिवार र शिक्षालयबाट नै लैङगिता अर्थात्, लैङ्गिक विभेद भाषालाई ध्यान दिँदै पूर्वाग्रह रहित भाषा प्रयोग हामीले गर्न थाल्यौँ भने हाम्रै पुस्ताले देश, दुनियाँमा चाँडै परिवर्तन ल्याउन सक्छ ।

श्रीमान्, श्रीमती बाचकै सामान्य र सुमधुर सम्बन्ध आपसी विश्वास तथा पारदर्शिता दुवैले अपनाए सुखद हुने देखिन्छ । यो धेरै परिवारमा भई रहेको पनि छ । छोरीमाथि प्रश्न सोधिने छोरा माथि पनि र श्रीमतीलाई सवाल सोध्नेले आफ्ना पनि व्यवहार बताउने हिम्मत नढाँटेर बराबरी तथा सम्मान जनक रूपमा स्थिर भई राख्यौँ भने समाज मानवीय समानता तर्फ व्यवहारतः अघि बढ्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending