Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

रामेछापको केउरीनी बिर्ता: पहिरो सर्दै गाउँ झर्दै

खबरडबली संवाददाता

मन्थली । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरीनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण पूरा हुन नपाउँदै पहिराको उच्च जोखिममा पर्यो । उनी अहिले उक्त घरमा बस्ने /नबस्ने अन्योलमा परेका छन् ।

केउरीनी बिर्ता गाउँलाई घेरेर यसअघिदेखि नै पहिरोको जोखिम थियो । त्यहीँ स्थानमा अन्य छिमेकी पनि बसोबास गर्दै आएकाले श्रेष्ठले पनि दुई वर्षअघि त्यहीँ ठाउँमा भूकम्पबाट प्राप्त हुने अनुदानको घर बनाए । 

उनले भने, “घरपूरै तयारी गर्नै बाँकी छ । पहिराको उच्च जोखिममा पर्यो ।  बाँकी रहेको काम गर्ने कि नगर्ने भन्ने कुरामा अन्योलमा छु । ” झ्यालढोका र ‘प्लास्टर’को कामै बाँकी रहेको बेला उनलाई यो आपत् आइलाग्यो ।

केउरिनी बिर्तामा श्रेष्ठको मात्र होइन, अधिकांशको घरमा धाँजा परेको छ । पहिराले थाहै नपाउने गरी बस्ती नै सरिरहेको स्थानीय ज्येष्ठ नागरिकवासी गणेशबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार माथिल्लो कान्लामा भएका रुख, बिरुवा तल्लो कान्लामा लर्केर पुगेका छन् । एउटै गह्रो जमिन दुईवटा गह्रोझैं तलमाथि भएका छन् । धेरै ठाउँमा धाँजा फाटेको छ ।

“जमिन फुटेको र सरेको थाहा पाएर पनि स्थानीय जोखिममै बसेका छौँ”, उनले भने, “अन्यत्र जग्गा जमिन नभएको र किनेर जाँदा कृषि तथा पशुपालनको समस्या हुने भएकाले पहिराले घेरा हालेको क्षेत्रमै  यस गाउँमा ४० परिवारको बसोबास छ ।”

सो ठाउँमा विसं २०५१ देखि पहिराले गाउँ धसिएर बग्न लागेको हो । त्यसयता हरेक वर्ष केही न केही भाग झरिरहेको छ । गाउँभन्दा तल तिल्पुङ खोलातर्फबाट पहिराले माथिको जमिन तानिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री तथा स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए । “जहाँबाट पहिरो बग्न थाल्यो त्यहाँ नियन्त्रणको उपाय नै छैन”, उनले भने, “कुन दिन गाउँनै बग्ने हो टुङ्गो छैन, अहिलेसम्म त बस्तीमात्र सरिरहेको छ ।”  

वर्षायाममा स्थानीय हरेक दिन आफ्नो घरआँगनको चिरा जाँच गर्छन् । “आज यति बढेछ र भोलि यति भएछ भन्दै यतिका वर्ष बिते”, बिर्ताका चक्रबहादुर श्रेष्ठले भने, “सधैँ जोखिममा बसेर चिन्ता गर्नुभन्दा बाहिरै गएर बस्नु राम्रो ।” उनले दुई वर्षअघि नै सुरक्षित स्थानमा जग्गा खोजेर वासस्थान सारेका छन् । पहिराको निशाना भएपछि उनीलगायत हालसम्म छ जनाले बासस्थान सुरक्षित स्थानमा सारेका हुन् ।  तर उनीहरूको बसाइ पनि सुरक्षित स्थानमा छैन । उनी भन्छन्, “कुन बेला झुक्याउने हो, नयाँ बनाएको स्थानमा घरमात्र भएकाले त्यहाँ गइहाल्न पनि मन छैन आनन्दले बस्न यता पनि सकिएको छैन ।”,

खिम्तीको केउरीनी बिर्ता गाउँ नै जोखिममा परेपछि हरेक वर्ष जिल्ला विपद् व्यवस्थापन समितिमा चर्चा हुने गरेको छ । तर स्थानीय बासिन्दालाई सार्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने भएको छैन । आपूmखुुसी थातथलो छाडेर हिँड्नेबाहेक राज्यले अरुलाई विपद्जन्य स्थानबाट हट्नका लागि सूचनासम्म दिएको छैन ।
 
तत्कालीन प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी केउरिनीको पहिरो प्रभावित गाउँ पुगेका थिए । जमिन धसिएको र जताततै धाँजा फाटेको देखेपछि उनले स्थानीय जनप्रतिनिधिलाई सुरक्षित जग्गाको खोजीका लागि आग्रह  गरेका थिए ।  तर उनको आग्रह स्थानीय जनप्रतिनिधिले  खासै चासो गरेनन्, चासो गर्दा पनि उनीहरूको पहुँचबाट बस्ती सार्ने कुरा सम्भवनै भएन ।

यहाँको पहिरो क्षेत्रमा पुगेका सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका तत्कालीन आयोजना प्रमुख सुरेशकुमार वाग्लेले सरकारले विपद्मा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबास गराउनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले जग्गाको पहिचान र जोखिम क्षेत्रबाट उठ्नका लागि स्थानीयहरू राजी भएर आएमा सरकारले बिर्तामा बस्ती विकास कार्यक्रम सञ्चालन गर्न कठिनाइ नहुने बताएका थिए । सोहीबमोजिम गत वर्ष सहरी विकास मन्त्रालयले बिर्ताका ३९ परिवारलाई बसोबास गराउनका लागि जग्गा अधिग्रहण गर्न कार्यक्रम दिएको थियो तर स्थानीय बासिन्दाले जग्गाको व्यवस्थापन गर्न नसक्दा कार्यक्रम फिर्ता गएको छ । जग्गा अधिग्रहणसँगै पूर्वाधार निर्माणका लागि आएको रु एक करोडको कार्यक्रम पनि हुन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा पनि यहाँको जोखिम क्षेत्रमा बसोबास गर्ने ३९ परिवारलाई जग्गा व्यवस्थापनका लागि रकम विनियोजन गरेको आयोजना प्रमुख प्रभाकरलाल कर्णले बताएका छन् । उनका अनुसार यो वर्ष पर्याप्त बजेट भने छैन । स्थानीय बासिन्दाले जग्गाको व्यवस्थापन गर्न सकेमा थप बजेट तथा कार्यक्रम माग्न सकिन्छ ।
 
केउरिनी बिर्तामा नजिकै सुरक्षित स्थानमा जग्गा दिन स्थानीय राजी छन् । वडाध्यक्ष शिवप्रसाद न्यौपानेले अब ३९ परिवारका लागि पुग्ने जग्गा व्यवस्थापन गर्न स्थानीय सरकारले प्राथमिकता दिएर काम गर्ने बताए । उनले खिम्तीमा अन्य ३४ परिवार पनि  जोखिम क्षेत्रमा बसोबास गर्दै आएको बताए । भू–क्षयको दृष्टिले अति संवेदनशील क्षेत्रमा बसोबास गर्ने परिवारलाई वडाले जोखिमजन्य भनेको छ ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरणले घर निर्माणका लागि अनुदान दिएर घर बनाएका कतिपय परिवारको पहिराले घर बगाएपछि फेरि सुरक्षित स्थान खोजेर घर बनाउनुपरेको  छ । यो क्षेत्र र खिम्तीबजार क्षेत्र बाढीजन्य क्षेत्रमा पर्दछ  । स्थानीयवासी गणेश दाहालले यस्तो जोखिमयुक्त बस्तीलाई सम्बन्धित निकायले बेलैमा चासो गरेर धनजनको क्षति हुनबाट रोक्नुपर्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending