Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

एमालेमा नेतृत्व फेर्ने कसरत, भण्डारीको ‘इन्ट्री’ कतिको सम्भव ?

खबरडबली संवाददाता

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।

एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै बनेको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको बुझाइ भण्डारीलाई भित्र्याउन चाहनेहरूको छ । तत्कालीन नेकपाको दुई तिहाइनजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको निष्कर्ष उनीहरूको छ । ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअघि नेतृत्व फेर्नुपर्ने कसरत भइरहेको हो ।

‘ओलीको हठ, गतल कार्यशैली एवं मनोमानीले आउने निर्वाचनमा पार्टीले राम्रो नजिता ल्याउन नसकिने २०७९ सालको निर्वाचनबाट प्रस्ट भइसकेको छ, राम्रो नजिता आए पनि त्यसलाई जोगाउन नसकिने नेकपाको प्राप्त बहुमतबाट पनि देखियो, त्यसैले अब आउने निर्वाचनअघि नेतृत्व फेर्नुको विकल्प छैन,’ ओलीको नेतृत्व फेर्ने अभियानमा लागेका एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

ओलीको नेतृत्व फेर्ने र भण्डारीलाई नेतृत्वमा ल्याउने चर्चाले अहिले एमालेमा नयाँ गुट निर्माणले तीव्रता पाएको छ । पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरूले भण्डारीलाई भेटेरै सक्रिय राजनीतिमा फर्किन आग्रह गरिसकेका छन् । नेतृत्वमा भण्डारीलाई ल्याउन खोजेका पोखरेल शनिबार सद्भावनापूर्ण चीन भ्रमणका लागि त्यसतर्फ लागेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोलीले १२ दिने भ्रमण गर्ने र सो भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता रहेका छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङ्छिङ, बेइजिङ र छिङ्हाईको भ्रमण गर्ने भनिए पनि भण्डारीलाई कसरी एमाले नेतृत्वमा स्थापित गर्ने भन्ने विषयमा समेत चीनमै थप योजना बन्ने बताइएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)ले विभाजित तत्कालीन नेकपालाई पुनः एकीकृत गर्न खोजेको र ओलीको नेतृत्वमा सम्भव नभएकाले भण्डारीलाई नेतृत्वमा ल्याउन खोजिएको बुझाइ कतिपयको रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: