धरान । श्रमदानमार्फत कोकाहा खोलाको पानी ल्याएर र नगरमा एकतर्फी यातायात साधन सञ्चालनको नियम बनाएर वाहवाही पाएका धरानका मेयर हर्क साम्पाङ पछिल्ला गतिविधिले भने आलोचित छन्। धरानमा असहज बनेको सामाजिक सद्भावमा उनका क्रियाकलाप र सामाजिक सञ्चालका उत्ताउला पोस्टिङको प्रमुख हात रहेको सुरक्षा र अन्य विज्ञले बताएका छन्।
नगर प्रमुख साम्पाङले सामाजिक सद्भाव भड्काउने विभिन्न उठाएर समर्थन र विरोध गर्दै फेसबुकमा लेख्ने गरेका छन्। र, प्रतिक्रियाको पनि गालीको शैलीमा प्रतिक्रिया दिने गरेका छन्। कहिले प्रहरी र प्रशासनलाई समेत गाली गर्ने उनका गतिविधिले सुरक्षा निकायका प्रमुखहरूसमेत हैरान भएकोबताउँछन्। यो समस्यामा उपमेर, वडाध्यक्ष, सदस्य र कर्मचारी पनि परेको स्वयं उनीहरू बताउँछन्।
लोकप्रिय मतले जितेका स्वतन्त्र उम्मेदवार साम्पाङ विकास र जनपक्षीय कार्यमा धरानमा लोकप्रियसमेत छन्। तर, सामाजिक सद्भाव भड्काउन उनीबाट भएका गतिविधिको भने उनकै समर्थकले समेत आलोचना गर्न थालेका छन्। साम्पाङका समर्थकसमेत रहेका धरान ११ का एनसी राईले मेयरले केही राम्रो काम गरिरहेको भए पनि पछिल्ला गतिविधिहरू ठीक नभएको बताए। उनले नगरप्रमुख भएर गैरजिम्मेवार तरिकारले प्रस्तुत नहुन साम्पाङलाई सुझाव दिए।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मेयर साम्पाङका अराजनीतिक, असभ्य र अराजक गतिविधि तथा यसबाट उत्पन्न परिस्थितिबारे गृह मन्त्रालयमा जानकारी गराएको प्रशासन स्रोतले जानकारी दियो। मेयर साम्पाङका गतिविधि र अन्य केही समूहका कारण धरानमा सामाजिक तथा राजनीतिक सद्भाव खलबलिने चिन्ताले धरानमा प्रदेशभरिबाट थप प्रहरी ल्याएर परिचालन गरिएको छ।
धरानमा जुनसुकै बेला अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षा व्यवस्था मजबुत पार्न थप प्रहरी परिचालन गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सार्वजनिक पदधारण गरेका धरानका मेयर साम्पाङका विभिन्न क्रियाकलापले धरानको सुरक्षामा गम्भीर चुनौती थपिएको बताइन्। मेयर साम्पाङलाई सभ्य र सरल भएर प्रस्तुत हुन पटक–पटक आग्रह गरिएको उनले जानकारी दिइन्।
सामाजिक सञ्जालमा लेख्ने र बोल्ने विषयले उनलाई विवादमा त तानेको छ नै, सामाजिक सद्भाव बिथोल्न उद्त रहेको आरोपसमेत उनीमाथि लागेको छ। जसका कारण धरान केही समयदेखि अशान्त बन्दै गएको छ। धरानको सुरक्षा व्यवस्थालाई नजिकबाट नियालेका सुरक्षा विज्ञ भन्छन्, ‘मेयरले दिने प्रतिक्रिया र विचारले नै पछिल्लो समय धरान अशान्त बनेको हो।’
नागरिकका समस्यालाई नजिकबाट नियालेर मेयरमा निर्वाचित भएपछि उनी धरानलाई पानी खुवाउनमा आफैं श्रममा पनि लागे। अनि, नगरवासीलाई पनि लगाए। उनको प्रशंसासमेत भयो। तर, पछिल्लो समय उनको अस्वभाविक प्रतिक्रिया र विचारले सामाजिक सद्भाव बिथोलिन थालेको बताउँछन् धरानका पूर्वमेयर मनोज मेन्याङबो।
मेयर साम्पाङले पदीय मर्यादाविपरीत गरेका गतिविधिले धरानमा सामाजिक सद्भाव बिथोलिएको उनको तर्क छ। भने, ‘मेयर साम्पाङले केही राम्रो गर्न खोजे पनि आफ्नै गलत क्रियाकलाप र गैरसंवैधानिक अभिव्यक्तिका कारण सिंगो धरानलाई विवादित पार्न खोजेको छ। धरानका सबै प्रकारका समस्यालाई नगरप्रमुखको नाताले समाधान गरी यहाँ शान्त बनाउन सामाजिक एकता स्थापित गर्न मेरो साम्पाङलाई सुझाव छ।’
पछिल्लो समय मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत राजनीतिक दलका नेता कार्यकर्ता, केन्द्र सरकार, प्रदेश सरकार र मन्त्रीहरूलाई गाली गर्ने गरेका छन्। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ०७:२८
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/ ८३ का लागि वार्षि...
चैत्र ८ गते, २०८२ - ०७:२६
काठमाडौँ । तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्य प...
चैत्र ८ गते, २०८२ - ०७:२३
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँक...
चैत्र ८ गते, २०८२ - ०७:२०
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका...
चैत्र ८ गते, २०८२ - ०७:१७
महोत्तरी । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत् चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छ...
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...


प्रतिकृया लेख्नुहोस्: