Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको भनाइ

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गरेकी छन् । 

महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले सन् २०२३ मा ५.२ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । हालैका महिनाहरूमा कमजोर उपभोक्ता माग, उच्च युवा बेरोजगारी र महत्वपूर्ण सम्पत्ति क्षेत्रको सङ्कटले कोभिड–१९ पछि कमजोर अवस्थामा पुगेको आर्थिक वृद्धि दरमा थप वृद्धि भएको आईएमएफले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले प्रधानमन्त्री ली खछ्याङ, उपप्रधानमन्त्री हे लिफेङ, केन्द्रीय बैंकका गभर्नर पान गोङसेङ र अर्थमन्त्री लिउ कुनलगायत चिनियाँ नेतृत्वसँग निकै फलदायी र ठोस छलफल भएको बताइन्  । 

समूहले ‘विश्व अर्थतन्त्रको अवस्था र यहाँ चीनमा भएका घटनाक्रमका बारेमा’ कुरा गरेको जर्जिएभाले सामाजिक सञ्जाल ’एक्स’मा पोस्ट गरिएको एक भिडियोमा बताएकी छन्  ।

बुल्गेरियाली अर्थशास्त्री जर्जिएभालले भनिन्, “हामीले चीन सरकारले (वृद्धि) लक्ष्यलाई अगाडि बढाउन चालेका कदमहरूको बारेमा कुरा गर्यौँ । यो लक्ष्य ‘चीनका लागि र समग्र विश्वका लागि महत्वपूर्ण’ थियो ।”

उनले भनिन्, “कोभिड र युद्धको झट्काको प्रभावबाट धेरै देशहरू असुरक्षित भएको विश्वमा आईएमएफसँग उनीहरूलाई सहयोग गर्न वित्तीय शक्ति हुनु महत्वपूर्ण छ । उनले भने, “विश्वव्यापी वित्तीय सुरक्षाको केन्द्रमा आईएमएफको भूमिकालाई मान्यता दिएकोमा म चीनप्रति आभारी छु ।”

जर्जिएभाले साङ्घाईका मेयर र ब्राजिलका पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई पनि भेटेको बताइन् । आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending