काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण केवल एउटा नेतामाथि भएको आक्रमण नभएको बताएका छन् ।
उनले उक्त आक्रमणलाई प्रेस स्वतन्त्रता, तोकतन्त्र र कांग्रेसमाथिको आक्रमण भनेका छन् । देशका हरेक नागरिकले स्वतन्त्र रुपमा बोल्न पाउने, हिँड्न पाउने अधिकारमाथि आक्रमण भएको उनले बताए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजधानीकै अति सार्वजनिक स्थलमा पनि शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेको उनको आरोप छ । कांग्रेस सहमहामन्त्रीमाथि भएको आक्रमण योजनावद्ध रुपमा भएको उनको दाबी छ । यसका पछाडिका खेलाडीले देशमा द्वन्द्व फैलाउन चाहेको उनले बताए । उनले उक्त घटनाका बारेमा गृहमन्त्रीले स्पष्टीकरण दिन आवश्यक रहेको बताए ।
नेपाली समुदायलाई विभाजन गर्न कांग्रेसमाथि प्रहार गरियो भने लोकतन्त्रमाथि प्रहार हुन्छ भनेर योजनावद्ध तरिकाले प्रहार भएको उनको दाबी छ । उक्त घटनाको पर्दा पछाडीका खेलाडीलाई कारबाही गरिएन भने गृहमन्त्रीको विरुद्धमा नेपालभरी शान्तिपूर्ण आन्दोलन गर्ने उनले चेतावनी दिए । उनले २४ घण्टाभित्र पर्दा पछाडिको खेलाडीलाई कारबाही गरिएन भने गृहमन्त्रीको विरुद्धमा नेपालभरी नेविसंघले आन्दोलन गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...




प्रतिकृया लेख्नुहोस्: