काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएका छन्।
पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमाले निर्वाचनमा नजाँदै आफू ठूलो बन्ने उद्देश्यले संसद् पुनर्स्थापनाको चर्चा गरिरहेको आरोप लगाए। उनका अनुसार ती दलहरूले सो विषयलाई न्यायालयसम्म पुर्याए पनि त्यसबाट परिणाम नआउने स्पष्ट छ।
‘म सबै कार्यकर्ता र जनतालाई स्पष्ट भन्न चाहन्छु—कुनै भ्रममा पर्नु पर्दैन,’ प्रचण्डले भने, ‘अहिले संसद् पुनर्स्थापना हुँदैन। निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ र अब त्यसलाई रोक्ने अवस्था छैन।’
उनले अब देशको सम्पूर्ण राजनीतिक शक्ति निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनका अनुसार अब कांग्रेस र एमाले पनि संसद् पुनर्स्थापनाको बहस छोडेर निर्वाचनको तयारीमा लाग्नेछन्।
आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै प्रचण्डले हालको राजनीतिक परिस्थितिमा निर्वाचन अपरिहार्य रहेको बताए। उनले निर्वाचन नभए देश थप अन्योल र दुर्घटनातर्फ जान सक्ने चेतावनी पनि दिए।
जेन–जेड आन्दोलनपछिको राजनीतिक अवस्थालाई उल्लेख गर्दै प्रचण्डले भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताका कारण देश थप संकटमा जानबाट जोगिएको दाबी गरे।
‘निर्वाचन नगरे थप अन्योल र जोखिम बढ्छ,’ उनले भने, ‘अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुनुपर्छ र आम जनतालाई त्यसतर्फ आकर्षित गर्न आवश्यक छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: