Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

खबरडबली संवाददाता

भोजपुर । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । 

सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् ।  कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ ।

वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ । सर्पको डसाइको उपचारलाई सहज बनाउनुपर्ने टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी मानबहादुर विष्टले बताए ।

“समयमा उपचार नपाउँदा सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ”, उनले भने, “खेतबारीमा काम गर्नैपर्यो । काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ । सर्पले डसेको अवस्थामा उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि तीनदेखि चार घन्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । जिल्ला अस्पताल पुग्न त झनै समस्या छ । सर्पको डसाइ तथा अन्य आकस्मिक घटना हुँदा स्वास्थ्योपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था छ ।”

यो समयमा जिल्लामा सर्पदंशका बिरामी पनि बढ्ने गरेका छन् । तर सर्पको डसाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ । प्राय: यस्ता घटना ग्रामीण भेगका गाउँघरमा बढी हुने गरेका छन् । समयमा उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिबहादुर लम्सालले बताए । सर्पदंश उपचारका लागि राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ  । सर्पले डसाइपछि मानिस धामीझाँक्रीको खोजीमा समय बिताउने गरेकाले गाउँघरमा धेरैको ज्यान जाने गरेको अवस्था रहेको उनले बताए ।
 
सर्पको डसाइको सामान्य उपचार मात्र गर्न सकिने जिल्ला अस्पताल भोजपुरले जनाएको छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै सिफारिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । सर्प घस्रने प्रजातिको एक प्राणी हो । गर्मी बढेसँगै आफ्नो बासस्थान छाडेर बाहिर निस्कने गर्दछन् । सर्पको विषलाई निकै खतरनाक मान्निछ । 

नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञहरूका अनुसार सर्पको विषलाई सामान्यत: चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु ९टिस्यु०लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तश्राव हुने चिकित्सकको भनाइ छ  । विषमा रहेको न्यूरोटाक्सिन स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ  । सर्पको डसाइबाट शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending