Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

बाइस वर्षदेखि मिसन अस्पताल बन्द

खबरडबली संवाददाता

पर्वत । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको  अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ । 

सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्र अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन् । विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् । 

पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएका छैनन् । त्यतिबेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन् ।

अस्पताल भवन र आवासगृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने उक्त अस्पतालका पूर्वरजिष्ट्रार गङ्गा न्यौपानेले बताए । “द्वन्द्वकालमा अमेरिकी सरकारले आफ्ना सबै चिकित्सक फिर्ता बोलायो”, उनले भने, “उनीहरु गएपछि अस्पताल नै बन्द भयो ।” 

अस्पताल बन्द भएपछि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरू समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताए । “पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि बिरामी उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवालगायत ठाउँ जान बाध्य छन्”, प्रधानले भने । सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।
 
पैंयु गाउँपलिकाको केन्द्र रहेको हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाकामध्येको एक भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वाथ्यचौकी स्थापना नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका बेला गत वर्षदेखि पालिकाले आधारभूत अस्पताल सञ्चानमा ल्याएपछि भने केही राहत महसुस गरेका छन् । अस्पताल सञ्चालन भए पनि पर्याप्त चिकित्सक र उपकरण नहुँदा सामान्य रोगबाहेकका बिरामी पोखरा, पाल्पा, काठमाडौँ नै धाउनुपर्ने अवस्था छ । स्थानीय तहले समेत अलपत्र अस्पताल र त्यहाँ रहेका सामानको व्यवस्थापनमा चासो नदिएको स्थानीय अनिता शर्माले बताइन् ।
 
“अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह गर्यौँ”, प्रदेशसभा सदस्य मित्रलाल बस्यालले भने, “सञ्चालनमा कसैले चासो दिएनन् ।” अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरूले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटने उनको भनाइ छ ।  गाउँलेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको बताएका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबैभन्दा धनी मन्त्री रघुवीर महासेठको सम्पत्ति कति छ ?

काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको सम्पति अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा रहेको छ । महतोको नाममा जनकप...

श्रम मन्त्री अर्यालको सम्पत्ति : १५० तोला सुन, काठमाडौंसहित १२ ठाउँमा जग्गा (विवरणसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी)अर्यालले सम्पति विवरण सार्वजनिक गरेको छन्  । सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरण...

सहरी विकासमन्त्री धनबहादुरको सम्पत्तिः काठमाडौँमा २ वटा घर, १५० तोला सुन

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको...

नारायणकाजीको सम्पत्ति सार्वजनिकः १ लाख २२ हजार नगद र प्रचण्डले दिएको एउटा गाडी

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पती विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा आफ्नो ...

कति छ रवि लामिछानेको सम्पत्ति ? सुनमात्रै ८० तोला

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको...

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनु...

राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरे...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेल...

नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवर...

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies