पर्वत । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ ।
सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्र अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन् । विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् ।
पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएका छैनन् । त्यतिबेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन् ।
अस्पताल भवन र आवासगृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने उक्त अस्पतालका पूर्वरजिष्ट्रार गङ्गा न्यौपानेले बताए । “द्वन्द्वकालमा अमेरिकी सरकारले आफ्ना सबै चिकित्सक फिर्ता बोलायो”, उनले भने, “उनीहरु गएपछि अस्पताल नै बन्द भयो ।”
अस्पताल बन्द भएपछि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरू समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताए । “पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि बिरामी उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवालगायत ठाउँ जान बाध्य छन्”, प्रधानले भने । सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।
पैंयु गाउँपलिकाको केन्द्र रहेको हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाकामध्येको एक भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वाथ्यचौकी स्थापना नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका बेला गत वर्षदेखि पालिकाले आधारभूत अस्पताल सञ्चानमा ल्याएपछि भने केही राहत महसुस गरेका छन् । अस्पताल सञ्चालन भए पनि पर्याप्त चिकित्सक र उपकरण नहुँदा सामान्य रोगबाहेकका बिरामी पोखरा, पाल्पा, काठमाडौँ नै धाउनुपर्ने अवस्था छ । स्थानीय तहले समेत अलपत्र अस्पताल र त्यहाँ रहेका सामानको व्यवस्थापनमा चासो नदिएको स्थानीय अनिता शर्माले बताइन् ।
“अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह गर्यौँ”, प्रदेशसभा सदस्य मित्रलाल बस्यालले भने, “सञ्चालनमा कसैले चासो दिएनन् ।” अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरूले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटने उनको भनाइ छ । गाउँलेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: