Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कर्णाली प्रदेशमा तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्र

खबरडबली संवाददाता

जाजरकोट । तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र  गरेको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको हो ।

आव २०७७/७८ मा ३३.०२ किलोमिटर, २०७८/७९ मा १५.९० किलोमिटर र २०७९/८० मा ३०.०३ सडक कालोपत्र भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए । त्यस्तै दस जिल्लामा मन्त्रालयले ४३४.०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ । 

आव २०७७/७८ मा २००.६ किलोमिटर, २०७८/७९ मा ११३.१० किलोमिटर र आव २०७९/८० मा १२०.३ गरी जम्मा ४३४.०१  किलोमिटर सडक ग्राभेल भएको थियो । त्यस्तै आव २०७७र७८ मा १२११.८७ किलोमिटर, २०७८/७९ मा ५८९.१३ किलोमिटर र २०७९र८० मा ६२३.१ किलोमिटर गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक कटान गरिएको मन्त्रालयले जनाएको छ ।

सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको छ । आव २०७७/७८ मा ४५.६५ किलोमिटर, आर्थिक वर्ष २०७८/७९ मा ४१.३८ किलोमिटर र आव २०७९/८० मा १२९.२५ गरी जम्मा २१६.२८  किलोमिटर स्तरोन्नति र नाला निर्माण भएको बताएको थियो ।

त्यस्तै तीन आर्थिक वर्षमा मन्त्रालयले दस जिल्लामा ५५ वटा झोलुङ्गे पुल निर्माण र  २२ वटा पक्की पुल निर्माण गरिएकोे बताएको छ । जनता आवास ९सङ्घ० बाट तीन आर्थिक वर्षमा दुईहजार चारसय ८९ वटा घर निर्माण भएका थिए भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको थियो ।

विपन्नको घर निर्माण कार्यक्रमअन्तरर्गत प्रदेशभर दुई सय ४१ वटा घर निर्माण गरिएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ वटा भवन, ९९ वटा सडक, सात वटा विद्युतीय संरचना, ३९ तटबन्ध र बाध, ६८ सिँचाइ आयोजना, ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा  मुगु ,हुम्ला र डोल्पा जिल्लामा सडक कालोपत्र गरिएकोे छैन । सुर्खेतले १५.९५ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ ।  त्यस्तै दैलेखले पाँच किलोमिटर ९९ मिटर सडक कालोपत्र गरेको जनाएकोे छ । जुम्लामा दुई किलोमिटर , सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरिएको थियो । 

प्रदेशको यातायात कार्यालयमा ३०२ वटा मिनिबस, ट्रक दर्ता गरिएकामा ती सबै सवारीसाधन सुर्खेतमा मात्र दर्ता भएका थिए । त्रिसठ्ठी वटा  सुर्खेतमा र  चौरजहारीमा दुईवटा गरी ६५ वटा ट्याक्टर दर्ता गरिएको  र जिप, कार माइक्रोबस मध्ये एक सय वटा १८ सुर्खेतमा, तीन वटा जुम्लामा र चौरजहारीमा १० वटा गरी जम्मा एक सय ३१ वटा सवारी साधान  दर्ता भएका छन् । त्यस्तै ट्याम्पु र रिक्सा तीन सय ९२मध्ये सुर्खेतमा तीन सय ७०, चौरजहारीमा एक र जुम्लामा २१ वटा दर्ता भएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी यो प्रदेशमा मोटरसाइकल र स्कुटर दर्ता भएको पाइएको छ । सुर्खेतमा दुई हजार एक सय १३ , जुम्लामा चार सय चार र चौरजहारीमा ७० गरी दुई हजार पाँच सय ८७ वटा मोटरसाइकल र स्कुटर दर्ता भएको पाइएको छ । 

योजना कार्यान्वनमा समस्या 

कर्णाली प्रदेशबाट विनियोजन भएको बजेटबाट निर्माण हुने अधिकांश योजना टुक्रे हुँदा काम गर्न मुस्किल हुने गरेको मन्त्रालयले जनाएको छ । वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिइ धमाधम सडक खन्दा थुप्रै चुनौतीको सामना गर्नुपरेको थियो।

मन्त्रालयमा वातावरणसम्बन्धी विज्ञ कर्मचारीको अभावका साथै वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिमा  ढिलाइ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सङ्गठन संरचना वैज्ञानिक हुन नसक्नु र कार्यचापको तुलनामा प्राविधिक दरबन्दी अत्यन्त न्यून हुँदा काम गर्न समस्या हुँदै आएको हो ।

दरबन्दीमा कर्मचारी नहुँदा समेत काम गर्न अर्को समस्या भएको मन्त्रालयले जनाएको छ । धेरै र छरिएर रहेका आयोजना भएकाले जनशक्ति अभावका कारण आयोजनामा गुणस्तर कायम गर्न समस्या भएकोे समीक्षामा उल्लेख गरिएको थियो ।

प्रदेश सरकारबाट निर्माण भएका सडककोे सङ्ख्या बर्सेनी बढ्दै गएपनि उक्त सडक निर्माणको तुलनमा मर्मत संभारमा प्रर्याप्त बजेट विनियोजन नहुँदा निर्माण भएका सडक जिर्ण भएका छन् ।

 प्रदेश सरकारसँग आवश्यक उपकरण तथा साधन र स्रोत नहुँदा बाढीपहिरोबाट अवरुद्ध सडक तत्काल खुलाउन समस्या भएको पनि त्यसबखत औँल्याएको थियो । यसैगरी प्रदेशमा सवारी साधनको अभावले आयोजनाको सुपरीवेक्षणमा समस्या हुने गरेको समेत औँल्याएको थियो ।

विभिन्न आयोजना कार्यान्वयनका लागि जग्गा प्राप्ति तथा घरटहरा हटाउनका लागि भएको विवादले काममा ढिला हुने गरेकोसमेत बताएको थियो । निर्माण व्यवसायीले सम्झौता गर्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा काममा प्रगति कम हुँदै जाँदा आयोजना रुग्ण हुँदै जाने समस्या पनि उठेको थियो ।   

जुम्ला, मुगु, कालिकोट, डोल्पालगायत जिल्लामा कडा चट्टान फोर्न ब्लास्टिङ गर्नुपर्ने तर यसका लागि विस्फोटक पदार्थ खरिद, ढुवानी, भण्डारण र प्रयोगमा हुने झन्झटिलो व्यवस्थाले काममा असर परेको समेत बताइएको छ । 

आयोजना निर्माण तथा कार्यान्वयनका लागि प्रादेशिक नीति तथा ऐन ९सडक ऐन, यातायात ऐन , झोलुङ्गे पुल रणनीति तथा प्रादेशिक सडक गुरुयोजना० को अभाव भएकोले काम गर्न समस्य हुँदै गएको छ । 

अधिकांश कच्ची सडक वर्षाको भेलले बगे

निर्माण गरिएका अधिकांश कच्ची सडक वर्षाको भलसँगै बगेका छन् । असारको झरीले गर्दा यस्ता सडक नाम निसानै नरहने गरी भत्किएकाले पुन: निर्माणका लागि  बजेट विनियोजन गरिएको छ । सडक निर्माण गर्दा वातारणीय प्रभाव मूल्याङ्कन नगरी डोजर जथाभावी चलाउदा गुणस्तहीन भई काम नलाग्ने भएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले अब असारमा बजेट पठाउने कार्य पूर्णरुपमा बन्द गरिने बताए । उनले असोजभित्र ठेक्का तथा सम्झौताको काम सक्न निर्देशन पनि दिए ।  मुख्यमन्त्री राजकुमार शर्माले महिना–महिनाको प्रगति विवरण दिन प्रदेशका सबै मन्त्रालयलाई निर्देशन दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरी र चट्याङको जोखिम आज पनि कायम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...

कालीगण्डकी नदीमा अवैध दोहन

बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: