Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

कांग्रेस सांसद हांगमले डीएसपीलाई दिए ज्यान मार्ने धम्की

खबरडबली संवाददाता

काठमाडौं । ताप्लेजुङबाट निर्वाचित कोशी प्रदेशसभाका कांग्रेस सांसद खगेनसिंह हाङ्गामले प्रहरी अधिकृतलाई ज्यान मार्ने धम्की दिएका छन् । ताप्लेजुङको फुङलिङमा भदौ २१ मा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूबीच आरोप/प्रत्यारोप चलेको थियो ।

त्यसपछि हाङ्गामले शुक्रबार फुङलिङमा आयोजित कोणसभामा डीएसपी र उनको परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका हुन् ।

सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको छ । भदौ २१ को घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । कांग्रेसले भने उनको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएको छ । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रहरी प्रशासनले उत्तेजक वातावरण बनाएको बताए । ‘कोशीका माननीयको सार्वजनिक अभिव्यक्ति अशोभनीय, उत्ताउलो र उत्तेजित छ, त्यस्तो बोल्नु गलत हो तर त्यस्तो बोल्ने स्थिति सिर्जना गर्ने प्रहरी प्रशासन दोषी छ,’ विश्वकर्माले भने, ‘सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गर्ने, ढोका बाहिर निकाल्ने, कुटपिट गर्ने गुन्डागर्दी शैली प्रहरीले अपनाएको छ ।’

घटनाको भोलिपल्ट भदौ २२ मै कांग्रेसले विज्ञप्ति निकालेर प्रहरीबाट ज्यादती भएको भन्दै निन्दा प्रकट गरेको थियो । 

‘मेलामा सहभागी भएका पेमा लामा तामाङ, सुकेटार घुमफिर गरी फर्कने क्रममा यो घटनाको विरोधमा आवाज उठाउँदा उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काएका छन्, उहाँको आँखामा गम्भीर चोट लागेको छ, चस्मा फुटेको छ,’ कांग्रेसले भनेको छ, ‘घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई बर्दी र सादा पोसाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै उहाँको निवासमा ढुंगामुढासमेत प्रहार गरेका छन् ।’

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले प्रदेशसभा सदस्यको सार्वजनिक अभिव्यक्ति कांग्रेसको आदर्शविपरीत रहेको बताए । ‘आफ्ना कुरा प्रदेश संसद्मा राखेर सरकारमार्फत हल गर्नुपर्नेमा देशको कानुन हातमा लिन खोज्ने अभिव्यक्ति खेदजनक छ । पार्टीले आवश्यक छानबिन गरी यथार्थ सार्वजनिक होस्,’ उनले भने । यो समाचार आजको कान्तिपूर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending