Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मुगुमा पहिरोकाे जोखिम भएका ३४ घरलाई स्थानान्तरण

फाइल फोटो
खबरडबली संवाददाता

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।

भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले  भने, “छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँमा बाढीपहिराका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका–९ स्थित चिमाथमा बस्ती सारिएको छ ।”

घर स्थानान्तरणका लागि सङ्घीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रतिघर रु  पाँच लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको आयोजनाका सब–इन्जिनियर खड्काको भनाइ छ ।

विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक–पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गत वर्ष सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट ३४ घर निर्माण भई बस्ती स्थानान्तरण भएको स्थानीयवासी पूर्णचन्द्र विश्वकर्माले बताए ।

उनले भने, “मलगायत यहाँका स्थानीयवासीले अहिले नयाँ घर पाएका छन् । बाढी पहिरोबाट घर जोखिममा छैनन् । राम्रोसँग घरमा बस्न पाएका छौं । यो नमूना कार्यका लागि भवन निर्माण आयोजना जुम्ला र बजेटको व्यवस्थापन गरिदिने सम्बन्धित मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका स्थानीयवासीमा खुसी छाएको उक्त गाउँका स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: